दीपेन्द्र प्रजापति/कालो झोला ।
फिलाडेल्फिया, अमेरिका, १६ जेष्ठ । मधेशी एशोशिएशन ईन अमेरिका (मा) को पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा आइतवार सम्पन्न अधिवेशनले डा. संगीत रौनियारको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
आयोजित कार्यक्रममा २९ सदस्यीय (मा) को कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मनोज सिंह र महासचिवमा श्रीमती शाही साह निर्विरोध भएका छन् । आठ जना उपाध्यक्ष रहेको कार्यसिमतिको कार्यकाल दुई वर्षको हुनेछ । अध्यक्षमा निर्विरोध डा. रौनियार संस्थापक महासचिव तथा निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । हाल अमेरिकाको टेक्सास निवासी डा. रौनियार पेशाले स्टक्चर इन्जिनियर हुन् । नेपालको सप्तरी जिल्लाको पत्तेपुरका डा. रौनियार एक दशकभन्दा बढी समयदेखि अमेरिकामा छन् । नेपालमा पुल्चोक इन्जिनयरिङ्गबाट ब्याचलर गरेका रौनियारले मास्टर्स र पीएचडी अमेरिकाको युनिभर्सिटी अफ टेक्सास आलेन्टनबाट गरेका हुन् ।
संस्था का वरिष्ठ उपाध्यक्ष मनोज कुमार सिंह का अनुसार अमेरिका स्थित नेपाली हरूको संस्था एन आर एन ए पछी को सबै भन्दा ठुलो संस्था जसको २१ राज्य मा स्थानीय च्यापटरहरू रहेका छन । जुन मइ २८ मा नयाँ कार्य समिति सबै को सर्व सहमति मा यस प्रकार गठन गरिएको छ । मधेश एशोशिएशन ईन अमेरिकाको केन्द्रीय समिति – २०२३-२०२५ का लागि क्रमशः अध्यक्ष- डा. संगीत रौनियार, वरिष्ठ उपाध्यक्ष – मनोज सिंह, उपाध्यक्ष – दिनेश शाह, उपाध्यक्ष- डा शोभा मण्डल, उपाध्यक्ष- धर्मेन्द्र झा, उपाध्यक्ष- चेतनारायण यादव, उपाध्यक्ष- नवीन शाह, उपाध्यक्ष- जय शाह, उपाध्यक्ष- प्रमोद गुप्ता,
उपाध्यक्ष- सुरज नायक, महासचिव-श्रीमती शाही साह, सचिव- प्रकाश भाइ मधेशिया, कोषाध्यक्ष – मोहम्मद रफीद,
संयुक्त कोष – प्रमोद रे, प्रवक्ताः सुभाष कुमार बैठा, मिडिया संयोजक – सञ्जय वर्मा, सहायक मिडिया संयोजक : उपेन्द्र साह र महिला संयोजक: श्रीमती पिंकी यादव रहेका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमश : दिपेन्द्र के भगत, मनोरमा साह, शम्भु यादव, रामेश्वर चौधरी, सन्तोष यादव, अजय यादव, मुकेश यादव, प्रमोद साह, विनोद शाह, पूर्णिमा जयसवाल र रोशन नायक रहेका छन् । जुन कार्यक्रम मा अमेरिका को लगभग २१ राज्य बाट प्रतिनिधिहरू को साथै समाजिक, राजनीतिक, व्यापारिक ,बुधीजिवी अभियंता का साथ साथै स्थानीय हरू को बाक्लो उपस्थिती रहेको थियो ।
अमेरिका जस्तो व्यस्त ठाउँमा पनि लगभग ४ सयको जन सहभागिता को हराहारी मा भएको सो कार्यक्रम मा समाज मा जुन पनि दृष्टिकोण ले योगदान पुरयाएकाहरू लाई पुरूषकृत गर्नु का साथै मधेश र मधेसी संग सम्बन्धित कला संस्कृति को पनि राम्रो प्रस्तुति गरियो । कार्यक्रमको अन्त्यमा बच्चा देखी बुढा संम्म को मध्य नजर राख्दै सबै लाई पाच्य हुने गरी विभिन्न कार्यक्रम गरी रात्रि खाना सबै उपस्थित हरू माया प्रेम का साथ सगै खाइ एक अर्का लाई बिदाई गरी सम्पन्न गरिएको कुरा पनि बरिष्ठ उपाध्यक्ष सिंह ले बताएका छन् ।