मधेश प्रदेशको धनुषा जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०४ पौष । भारत सरकारको आर्थिक सहयोगमा बनेको मधेस प्रदेशको धनुषा जिल्लाको तुल्सीयाही स्थित बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको उद्घाटन देवी सहाय मीना, महावाणिज्यदूत, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) र जय कुमार यादव, अध्यक्ष, मुखियापाटी मुसहरनिया गाउँपालिका, द्वारा संयुक्त रुपमा गरियो ।

विद्यालय भवन र सम्बद्ध सुविधाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत गरिएको थियो । यो धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालय धनुषा जिल्लाको अग्रणी सरकारी विद्यालयहरू मध्ये एक हो । यस विद्यालयले प्रारम्भिक बाल विकास (ECD) देखि १२ कक्षा सम्मको शिक्षा प्रदान गर्दछ ।

यो विद्यालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग सम्बद्ध छ र यसले कम्प्युटरमा १८ महिनाको प्रि-डिप्लोमा कोर्स प्रदान गर्दै आएको छ । यस विद्यालयमा भर्ना भएका विद्यार्थीहरूको कुल संख्या लगभग २ हजार ५ सय रहेको छ, जसमध्ये ६० प्रतिशत छात्राहरू रहेका छन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गरिरहेको विकासात्मक सहयोगको प्रशंसा गरे । उनीहरूले नयाँ पूर्वाधारले यस क्षेत्रमा शिक्षा वातावरण बढाउन तथा शिक्षा क्षेत्रलाई सुदृढ पार्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

नजिकका छिमेकीहरूको रूपमा, भारत र नेपाल बीच व्यापक र बहु-क्षेत्रीय सहयोग हुँदै आएको छ। HICDPs को कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार वृद्धि गर्नुका साथै वृद्धि र विकास हासिल गर्न नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 6 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 13 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 14 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 12 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 5 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय