मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । सरकारले लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा दिपक श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले परिषद सदस्यमा श्रेष्लाई नियुक्त गरेको जानकारी दिएका हुन् ।

यसैगरी बैठकले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गठन गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौ बैठकमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जिवी चटौत नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।

बैठकले मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनामा सहभागी हुन आदिवासी जनजाती आयोगका सदस्य रिना रानालाई स्वीकृत प्रदान गरेको छ । नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदा सम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।

बैठकले नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथीमा बढुवा र एकजना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय  गरेको छ । 

त्यस्तै बैठकले उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय समेत गरेको मन्त्री खरेलले जानकारी दिएका छन् ।

  • Related Posts

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हालेका अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले सिन्हालाई…

    एमालेको बन्द सत्र शुरु

    काठमाडौं । नेकपा एमालेको बन्दसत्र शुरु भएको छ । आज बिहानदेखि शुरु हुने भनिएको बन्द सत्र ढिलो गरि शुरु भएको हो । बन्द सत्र शुरु हुनु अघि आजै बसेको केन्द्रीय…

    पहिलो

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    • December 14, 2025
    • 11 views
    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 10 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 11 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 12 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक