मन्त्री कुलमान घिसिङबाट विपद संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन् ।

मन्त्री संगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरिक्षक चन्द्र कुबेर खापुङ्ग लगायतको टालीले प्रभावित क्षेत्रहरुको निरिक्षण एवम् प्रभावितलाई राहत वितरण गरेको थियो । 

गत असोज १७, १८ र १९ गते परेको भिषण वर्षाको कारण क्षति भएको मेची राजमार्ग अन्र्तगतका विभिन्न खण्डहरुको निरिक्षण गर्दै मन्त्री कुलमान घिसिङले जतिसक्दा छिटो राजमार्गलाई सुचारु गर्ने गरी सडक मर्मत तथा पुनः निर्माणको कार्य भईरहेको बताउनु भयो । साथै सरकारले विपद् पछिको राहत वितरण तथा पुर्नस्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरु मिलेर अगाडी बढाईने समेत बताए । 

पहिरोका कारण ईलाम नगरपालिका वडा नम्बर १० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए । उक्त विस्थापित परिवारको अस्थाई आवासको निरिक्षण तथा राहत वितरण गर्दै मन्त्री घिसिङले सरकार जनाको साथमा रहेको र पुर्नस्थापनाको रुपमा स्थाई संरचना निर्माण गर्ने कार्य तुरुन्त अघि बढाईने समेत बताए ।

  • Bishnu Timalsina

    Related Posts

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ कार्तिक । नेशनल मेडिकल कलेज प्रा. लि. र विश्रामपुर गाउँपालिकाबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ । वीरगञ्ज–१५, पर्सास्थित…

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । …

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 54 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक