मन्त्री घिसिङको दूधकोशी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन एडिबीलाई आग्रह

ऊर्जामन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् । 

सोमबार एडिबी दक्षिण एशिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग भएको भेटमा मन्त्री घिसिङले दूधकोशीको वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले यसलाई तत्काल टुंगो लगाइनुपर्ने बताएका हुन् । 

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब दुई खर्ब २५ अर्ब रुपैयाँ ) रहेको छ । यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी स्वपुँजीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ । 

एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । आयोजनाको हाल निर्माणपूर्वका तयारीका काम भइरहेका छन् । 

भेटमा मन्त्री घिसिङले खानेपानी, सडक, सिँचाइ, विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका क्षेत्रमा लगानी बढाउन आग्रह गरे । काठमाडौं उपत्यकाका विभिन्न चोकको ट्राफिक व्यवस्थापनका लागि फ्लाइओभर, सुरुङमार्गलगायतको सम्भाव्यता अध्ययनका लागि आवश्यक सहायता उपलब्ध गराउन घिसिङले आग्रह गरे । 

उहाँले एडिबीको सहायतामा सञ्चालित आयोजनामा वन क्षेत्रका जग्गा प्रयोग एवम् रुख कटान, जग्गा प्राप्ति, ऐलानी जग्गाको क्षतिपूर्तिलगायत वातावरणीय तथा सामाजिक सुरक्षणका विषय कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने र कार्यान्वयन गर्ने निकायका संस्थागत क्षमता विकास गर्दै जाने बताए । 

सहायतामा सञ्चालित आयोजनाको खर्च गर्ने क्षमता बढाउन, जग्गा अधिग्रहण तथा ऐलानी जग्गाको क्षतिपूर्तिमा देखिएको समस्या समाधान गर्न, आयोजना कार्यान्वयन गर्ने निकायको क्षमता अभिबृद्धि गर्न एडिबीकातर्फबाट अनुरोध गरिएको थियो ।

  • Related Posts

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३० कम्पनिका एक करोड १२ लाख ७२ हजार १६८ कित्ता…

    सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ५८…

    पहिलो

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 8 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 9 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 12 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    • December 14, 2025
    • 12 views
    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ