मर्चवारमा बहुउद्देशीय सडक निर्माण

लुम्बिनी (मर्चवार), १० असार : रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा रु २५ लाखको लागतमा नालासहितको चार किमी सडक निर्माण गरेको हो ।

बहुउद्देशीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन् । “सडक निर्माण भएपछि हामीलाई अस्पताल जान, विद्यालय र बजारसम्म पुग्न निकै सजिलो भएको छ”, कोटहीमाई–४ का राम बचन यादवले भन्नुभयो, “अब हिउँद र बर्खामा पनि आवत÷आवत गर्न समस्या हुने छैन ।” स्थानीयवासी जगदिश वर्माले सडकले सिँचाइ र जल निकाससमेतको उचित प्रबन्ध गरेको , वडा नं ३, ४, ५, र ७ का एक हजार हेक्टर खेती डुबान हुने समस्यालाई अन्त्य गरेको बताउनुभयो । उहाँले जोतिया, रोपाइँ, सिँचाइ र बाली ढुवानीलगायत कार्यका लागि पनि सडक उपयोगी रहेको जानकारी दिनुभयो ।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर नवराज भण्डारीले, पुरानो जीर्ण नालाको संरक्षणसँगै नयाँ कृषि सडक निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको आवश्यक पर्ने भागमा कल्भर्ट हालेर पानीलाइ निकास दिइएको छ ।” सडकसँगैको नालामा सिँचाइका लागि आवश्यक पानीको भण्डारण गर्न मिल्ने बनाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँपालिकाले सडकमा हरियाली विस्तार, सोलार बत्ती जडान र नियमित मर्मतसम्भारको योजनासहित त्यसको दीर्घकालीन उपयोगिता सुनिश्चित गरेको छ ।”

गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार सडकको निर्माणले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ । “हामीले सो सडकबाट कृषि, व्यापार, स्वास्थ्य र शिक्षा र रोजगारमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो, “यसको विशेषता बहुउद्देशीय उपयोग हो ।”

मुख्य सडकसम्मको सीधा पहुँचलाई यसले सहज बनाएको तिवारीले बताउनुभयो । अहिले एकतर्फ नाला, अर्कोतर्फ सँगसँगै सडक निकालिएको छ । सडक निर्माणले घर–जग्गाको मूल्याङ्कन पनि बढेको उहाँले बताउनुभयो ।

“यो सडक कोटहीमाइको विकास र समृद्धिको मार्गमा कोसेढुंगा हो”, अध्यक्ष त्रिपाठीले भन्नुभयो, “यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने छ । निर्माणका क्रममा हरियाली संरक्षण तथा माटोको कटान नियन्त्रणमा पनि ध्यान दिइएको छ, जसले पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पु¥याउने देखिन्छ ।”

  • Related Posts

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्य…

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    दीपेन्द्र प्रजापति/कालो झोला । बिरगंज, १३ बैशाख । बिरगंज महानगरपालिका वडा नं. २ मा सामुदायिक सेवा केन्द्र छपकैया द्वारा आयोजित तथा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राबिधिकको सहयोगमा निशुल्क आँखा शिबिरमा…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 5 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 16 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-