मर्दी हिमालमा सुदीपको सालिक

कास्की । यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको सालिक राखिएको छ । सोही पदमार्गको बादल डाँडामा पार्कसहित उनको सालिक निर्माण गरिएको हो ।

तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडी गोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयासले नै मर्दी हिमाल पदयात्रा विश्वमाझ प्रख्यात बनेकाले उनको सालिक निर्माण गरिएको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताए। गौतमको विसं २०७९ असोज १४ गते बादल डाँडामै भिरबाट लडेर ३५ वर्षको उमेरमा निधन भएको थियो ।

माछापुच्छ्रे गाउँपालिका, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश, मर्दी हिमाल पर्यटन होटेल व्यवसाय व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डले पार्कसहित सालिक निर्माण गरेका हुन् ।

सन् २००७ मा गौतमले मर्दी हाई क्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नु पूर्व ‘हाई क्याम्प’मा मात्र नभई मर्दी पदयात्रा मार्गका फरेस्ट क्याम्प, लो क्याम्प, बादल डाँडा, डुँड खर्कलगायतका कुनै पनि स्थानमा होटेल थिएनन् । पदयात्रामा डेढ दशक अघिसम्म केबल भैँसी गोठ मात्रै रहेका अवस्थामा क्याम्पिङका भरमा रात कटाउनुपर्ने बाध्यता गौतमकै प्रेरणासँगै बनेका होटेललगायतका पर्यटन पूर्वाधार बनेपछि अन्त्य भएको जनाइएको छ ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दी हिमाल पदमार्ग विकास र विश्वमा परिचित गराउन सुदीपले धेरै मेहनत गरेको बताए । “मर्दी पदयात्राले आज जुन चर्चा र लोकप्रियता पाएको छ । यसमा मुख्य देन सुदीपको रहेको छ । छोटो समय बाँचेर पनि उहाँले पर्यटनमा धेरै कुरा दिनुभएको छ”, उनले भने ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष गुरुङले मर्दी पदमार्गलाई अहिलेको अवस्थासम्म ल्याउन गौतमको ठूलो भूमिका रहेको बताए । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले सुदीपको सपना मर्दीलाई विश्वभर चिनाउने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने रहेको र उहाँ मरेर गए पनि इच्छा साकार हुँदै आएको बर्ता ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादल डाँडा, हाई क्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुग्ने गरिएको छ ।

  • Related Posts

    नेप्सेमा सामान्य वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

    नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज आइतबार नेप्से ४.४५ अंकले बढेर २८२४. ९० विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ३ करोड ९५ लाख ४९ हजार ३३…

    नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

    रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ ।  तालिमको प्रधानसेनापति अशोक राज सिग्देलले…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय