महाकाली पुल र बस्ती बचाउन तटबन्द वर्षायाम अघिनै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउन निर्देशन दिएका छन् । 

महाकाली पुल र महाकाली नदीले कटान गरेको क्षेत्रको जानकारी लिन त्यस क्षेत्रमा पुग्नु भएका मन्त्री घिसिङले तटबन्धको काम गराउनेमा हाल रहेको अन्यौललाई तत्काल निरुपण गरी निर्माण अगाडि बढाउनुपर्ने बताए । 

आगामी वर्षायाम अगाडिनै काम सम्पन्न गर्न नसकिएमा नदीमा आउने बाढीबाट पुल र नदीको वायाँ किनारतर्फको वस्ती नै जोखिममा पर्ने सम्भावना देखिएकाले तटबन्ध व्यवस्थापनको काम तत्काल अगाडि बढाउन सडक विभाग र महाकाली पुल योजना व्यवस्थापनलाई निर्देशन दिए । 

महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने र दोधारा चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण गरी सञ्चालनमा छ ।   

बाढीबाट पुललाई बचाउन मन्त्रिपरिषद्को ६ जेठ २०८२ को निर्णयबाट महाकाली पुल आसपास महाकाली नदी बीच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाइ व्यवस्थापन तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी नियन्त्रणको काम सेनाबाट गराउने स्वीकृति भएको थियो । त्यसपछि अस्थायी संरचना सेनाबाट निर्माण गरिएका थिए । 

तत्कालीन वर्षाको जोखिमलाई ध्यान दिएर सेनाद्धारा आपत्कालीन रुपमा निर्माण गरिएका संरचना अस्थायी प्रकृतिका भएका कारण थप सवलीकरण गर्नुपर्ने छ । पुलबाट माथिल्लो तटीय बायाँ किनारमा नेपाली सेनाले करिब तीन सय मिटर निर्माण गरेको अस्थायी प्रकृतिको संरचनाको सवलीकरण आवश्यक रहेको हो । 

सवलीकरणको काम तत्काल अगाडि बढाउन निर्देशन दिंदै मन्त्री घिसिङले त्यसका लागि आवश्यक सहजीकरण गर्ने बताए । योजनाले सवलीकरण कार्यको डिजाइन तयार गरिसकेको छ ।

  • Related Posts

    तामाङ समुदायले आज सोनाम ल्होछार मनाउदै

    आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ…

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

     जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नुका साथै…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 16 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 9 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 27 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 9 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 0 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 9 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट