महाकुम्भ मा उच्च मनोबलका साथ ६० लाख भन्दा माथि नेपालीहरू स्नान गर्न पुगे : अनुप कुमार

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ फागुन । नेपाल–भारत सम्बन्धमा काम गर्ने स्वैच्छिक संस्था नेपाल भारत मैत्री संगठनले महाकुम्भ मेलामा तीर्थयात्रीहरुका लागि निःशुल्क शिविर सञ्चालन गरेको आयोजक ले बताएका छन् । महाकुम्भ स्नान गर्न पुग्ने नेपाली भक्तजनहरूलाई सहज रुपमा स्नान गराएर आफ्नो घरमा पठाउने काम पनि संगठनले गरिरहेको छ ।

बिगत ३८ दिन देखि जारी महाकुम्भ मा नेपाल बाट गएका नेपालीहरुलाई नेपाल भारत मैत्री संगठनले महाकुम्भ मा राम्रो सहजीकरण, व्यवस्थापन गरेर निःशुल्क रुपमा श्रद्धालुहरूलाई स्नान गराएर विभिन्न सहयोग र व्यवस्थापन गराइदिएको आयोजकको दावी छ । महाकुम्भ कार्यक्रमलाई सफल बनाउन नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार आ–आफ्नो सहभागिता सुनिश्चित गर्नुका साथै नेपाल बाट आउने भक्तजनको नुहाउने, खाने, बस्ने सहितका सहयोग पनि गर्ने काम गरेको नेपाल भारत मैत्री संगठनका केन्द्रीय सदस्य आशिष गुप्ताले जानकारी दिएका छन् ।

यसै क्रममा अनंतश्री विभूषित महामंडलेश्वर स्वामी देवस्वरूपानंद सरस्वती महा निर्वाणी अखाड़ाका महन्त ले यो महाकुम्भ १ सय ४४ वर्ष पछि लागेको र सबै ग्रह नक्षत्रलाई मिलेर यो नक्षत्र मिलेकाले उल्लास देखिएको बताए । साथै संचालक गंगा कल्पवास सेवा आश्रमका पण्डित उदय गंगा प्रसाद पांडेयले महाकुम्भ मा मित्रराष्ट्र नेपाल बाट आउने भक्तजनहरूको उत्साहित सहभागिता देखेर नेपाल अझै हिन्दु राष्ट्र नै रहेको आफुहरुले अनुभूति गरेको बताए ।

यो महाकुम्भ मा ५६ करोड मान्छेहरू देश दुनियाँ बाट आएर स्नान गरेर फर्केको अवस्था छ । शिवरात्रीको दिन २६ फरवरी सम्म झण्डै ७० देखि ८० करोड मान्छेहरूले स्नान र अवलोकन गर्ने अनुमान महन्तले गरेका छन् । साथै संगठनले निःशुल्क रुपमा भण्डारा र प्रसादहरू समेत वितरण गर्दै आएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १२ चैत । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेश बहुअर्वा भाठ्ठाले सोमबार प्रतिवन्धित लागु औषध गाँजा आफ्नो नियन्त्रणमा लिएको छ । उक्त दिन त्यहाँ बाट…

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ११ चैत । वीरगंजमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बस पार्क…

    पहिलो

    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    • March 25, 2025
    • 43 views
    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    • March 24, 2025
    • 46 views
    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    • March 23, 2025
    • 37 views
    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    • March 21, 2025
    • 42 views
    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 59 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 32 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-