महानगरभित्रका २ हजार ८३ सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँ । कार्तिक १४ गतेदेखि अहिलेसम्म काठमाडौँ महानगरपालिकाले २ हजार ८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेको छ । पशुकल्याणमा काम गर्ने विभिन्न ५ वटा संघसंस्थासँगको सहकार्यमा बन्ध्याकरणको काम भइरहेको हो । 

कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ । ‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत् स्थानमा पुनःस्थापित गराउने प्रक्रियामा पशु कल्याणलाई ध्यान दिइएको पाएका छौँ ।’ न्यौपानेले भने, ‘प्रक्रियामा पशुहरुलाई कुनै पनि प्रकारको पीडा हुँदैन । कुकुरलाई बन्ध्याकरण गरिसकेपछि २४ घण्टा निगरानीमा राख्ने गरिएको छ ।’ 

अपरेसनपछि समुदायमा पुनःस्थापना गरिएको एउटा कुकुरको गाडीको ठक्करबाट मृत्यु भएको छ । 

कृषि तथा पशुपन्छी विभागका पशु चिकित्सक डा. पूजा खनालका अनुसार काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर) ले वडा नं. १६ मा ५६४ वटा र वडा नं. १५ मा ७८ वटा, एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक) ले वडा नं. ११ मा ७४ वटा र वडा नं. २८ मा १० वटा,   मण्डला भेटिरिनरी अस्पतालले वडा न. ६ मा १७८ वटा, वडा नं. १० मा १५८ र वडा नं. ३२ मा ३४४ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।  

स्नेहाज केयरले वडा नं. १२ मा ६२ वटा, वडा नं. १३ मा १०१ वटा र वडा नं. १४ मा १५६ वटा तथा पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपिसिए नेपाल) ले वडा नं १ मा ६२ वटा, वडा नं. ३ मा १३६ वटा र वडा नं. ४ मा १६० वटा गरी २ हजार ८३ कुकुरको बन्ध्याकरण गरिसकेका छन् । 

सामुदायिक कुकुरको बन्ध्याकरणका लागि छनोट भएका संघसंस्थालाई मिति २०८२ कार्तिक १३ गते सम्झौता गरी कार्तिक १४ गतेबाट नै कार्य गर्न महानगरले कार्यादेश दिएको हो । 

  • Related Posts

    मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प

    काठमाडौं । मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार अपराहन्न १२ बजे ५४ मिनेट जादा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको…

    काठमाडौँको डल्लुमा जुवातास खेलिरहेका ६ जना पक्राउ

    काठमाडौँ । काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१…

    पहिलो

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    • December 14, 2025
    • 8 views
    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 8 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 9 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 12 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक