काठमाडौँ । काठमाडौँ महानगरले तिहार पर्वलाई लक्षित गर्दै नेपाली किसानहरूले उत्पादन गरेको फुल बिक्रि गर्न ३२ स्थान तोकेको छ ।
नेपाली किसानहरूले उत्पादन गरेको फुलहरू सरोकारवाला निकायहरूसँगको समन्वयनमा विक्रि वितरणको लागि महानगर प्रहरी बलबाट विक्री स्थानहरू तोकिएको हो ।
तोकिएका स्थानमा एन वि सेन्टर नयाँ बानेश्वर, बिग मार्ट शखमुल, आइ प्लेक्स मल नयाँ बानेश्वर, सेल्स बेरी मध्यबानेश्वर, फोनेक्स टावर बत्तिसपुतली, तिनकुने चौर तिनकुने, सिफल चौर सिफल, एसी कम्लेक्स चावहिल, चावहिल गणेशस्थान: तरकारी बजार, के एल. टावर अगाडि, चावहिल, चावहिल सेन्टर अगाडि, स्वयम्भू धर्म चक्र पार्क, कालिमाटी : कालिमाटी बाङ्गक्यूट, कालिमाटी : द्यौखेल, कलंकी भाटभटेनी, नयाँ बजार भ्याली कोल्ड स्टोर, माछापोखरी बुद्ध महल, माछापोखरी गुणस्तर खाल्डो, हाडिगाउँ ५ वडा अगाडिको डबली, हाडिगाउ ५ वडा गणेश मन्दिर डबली, कोइराला स्मार्ट : २६ वडा सामाखुशी, सेल्सबेरी : महाराजगञ्ज, गंगवु विगमार्ट, चपलकारखाना : विगमार्ट, बालुवाटार : विगमाट, कमलादी कामपा, आइटी बिल्डिङ, पुतली सड़क स्टार मल, अनामनगर भाटभटेनी, टेवाल मन्दिर परिसर, सुन्धारा काठमाडौं महल, कामपा-२८ अद्वैत मार्ग, वडा कार्यालय बनाउने ठाउ, न्यूप्लाजा बज्र कम्प्लेक्स गूड मार्ट रहेका छन् ।









