महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २५ बैशाख । वीरगंज महानगरपालिका र यहाँका घरधनीहरू बीच बुधबार घर बहाल कर सम्बन्धमा पनि छलफल सम्पन्न भएको छ । महानगर प्रमुख राजेशमान सिंहको संयोजनमा भएको छलफलमा घरधनीहरू बहाल करप्रति कानुनी जिम्मेवारी स्वीकार गर्दै कर तिर्न सहमत भएका छन् ।

महानगर प्रमुख सिंहले छलफलमा उपस्थित घरधनीहरूलाई कर तिर्ने संस्कारलाई जिम्मेवार नागरिकको हैसियत सँग जोडेर हेर्न आग्रह गर्नु भयो । उहाँले कर प्रणाली पारदर्शी, कानुनी र समावेशी ढंगले लागू गर्न महानगर कटिबद्ध रहेको जनाउँदै सबैलाई सहयोगी भूमिकामा उभिन अनुरोध गर्नुभयो ।छलफलमा घर बहाल करका विषयमा उठेका प्रमाण र कागजातहरूलाई महानगरको नक्सा शाखा र राजस्व शाखाले संयुक्त टोली बनाई स्थलगत अनुगमन गर्ने निर्णय भएको छ । उक्त टोलीले बहालमा रहेका सम्पत्तिहरूको भौतिक निरीक्षण गरी अभिलेख अद्यावधिक गर्नेछ ।

यदि कुनै संरचना नक्सा पासको विपरीत बनेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ । यस्ता संरचनाका मालिकहरूसँग पूर्व सूचना र प्रमाणसहितको प्रक्रिया पूरा गरेर कानुनी कारबाही थालिनेछ ।

महानगरले पटक–पटक पत्राचार गर्दा पनि छलफलमा अनुपस्थित हुने तथा कानुनी दायरामा आउन आनाकानी गर्ने सम्पत्तिधनीहरू माथि पहिलो चरणमा महानगर र यसका मातहत कार्यालयहरूले उपलब्ध गराउँदै आएको सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी दिएको छ । साथै, यस्ता घरधनीहरूको विरुद्धमा अन्य सार्वजनिक सेवा प्रदायक निकायहरूलाई समेत पत्राचार गरेर सेवा प्रवाह रोक्न अनुरोध गरिनेछ ।

छलफलमा उपस्थित नभएका घरजग्गा धनीहरूलाई अन्तिम पटक ४८ घण्टे सूचना दिँदै सबुत प्रमाणसहित महानगरमा उपस्थित भइ प्रक्रिया पूरा गर्न आग्रह गर्ने निर्णय भएको महानगरपालिकाका राजश्व महाशाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिनुभयो ।

यसैबीच, बहाल कर बहालमा लगाउने पक्षले तिर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी दिनमा सम्पत्ति बहालमा दिने घरधनीहरूले आफ्नो भाडामा दिने व्यक्ति सँगको सम्झौतामा स्पष्ट रूपमा बहाल करसम्बन्धी व्यवस्था समेट्नु पर्नेछ । त्यस्तै, भाडामा बस्ने व्यक्तिले पनि हरेक महिनाको बहाल बुझाउँदा अघिल्लो महिनाको बहाल कर महानगरमा बुझाइएको छ वा छैन भन्ने जानकारी दिनुपर्नेछ । यसले दुवै पक्षलाई पारदर्शी बनाउने र कर संकलन प्रभावकारी हुने अपेक्षा गरिएको पनि उहाँले बताउनु भयो ।बुधबार पहिलो चरणमा घण्टाघर लिंकरोड क्षेत्रका घरधनीहरुसँग छलफल भएको हो । छलफलमा लिंक रोड क्षेत्रका घरधनीहरू शंकर प्रसाद जयसवाल, संजय प्रसाद साह, गिरिस प्रसाद सिंह लगायतको सहभागीता थियो । उनीहरूले महानगरको प्रयासलाई सकारात्मक रूपमा लिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महानगरपालिकाको तर्फबाट राजस्व महाशाखा प्रमुख मनोज कर्ण, आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, कानुन शाखाका इश्वर बराल र नक्सा शाखाका गौरव झाले घरधनीहरूलाई बहाल कर, संरचनाको नक्सा पारित प्रक्रिया र प्रचलित कानुनी व्यवस्थाहरूको विस्तृत जानकारी गराएका थिए ।

बहाल कर प्रणालीलाई व्यवस्थित, कानुनी र उत्तरदायी बनाउन महानगरले घरधनीहरुसँगै छलफल गरेको हो ।यो अभियानकै रुपमा रहेकाले हरेक क्षेत्रका घरधनीसँग छलफल गर्नुका साथै बहाल कर संकलनलाई पनि तिब्रता दिने महानगरको तयारी छ । वीरगंज जस्तो तीव्र गतिमा शहरीकरण भइरहेको क्षेत्रमा कर प्रणालीको मजबुतीकरणले नगरको पूर्वाधार विकास र सेवा प्रवाहमा उल्लेखनीय टेवा पुर्‍याउने महानगरको विश्वास छ ।

  • Bishnu Timalsina

    Related Posts

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    पहिलो

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 101 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-