महानगर सँग समन्वय गर्दै अघि बढ्न तयार छौं : शिक्षक महासँघ, बीरगंज

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १८ भदौ । दरबन्दी मिलानमा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघ वीरगंज महानगर सँग समन्वय गरेर अघि बढ्न तयार भएको छ ।

मंगलबार महानगरपालिका र शिक्षक महासंघका प्रतिनिधिहरु बीच छलफल भए सँगै महानगरको शैक्षिक वातावरणमा कुनै पनि असर नपार्ने गरि आफुहरु महानगरको उद्देश्य अनुरुप अघि बढ्न तयार भएको जनाएको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शिक्षकहरुलाई कुनै समस्या भए सम्बोधन गर्न आफू तयार रहेको बताउनु भयो । कुनै त्रुटी भए सच्याउन आफू सँधै तयार रहेको भन्दै उहाँले त्यसका लागि शिक्षकहरु पनि आन्दोलन छाडेर छलफलमा आउनुपर्ने बताउनु भयो ।

यस्तै महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले शिक्षकहरुले आफ्ना समस्या सम्बन्धित स्थानमा राख्नु पर्नेमा शैक्षिक वातावरण नै विगार्ने गरि वक्तब्यबाजी गर्दै हिँड्नु शोभनीय नभएको भन्दै आउँदा दिनमा यस्ता कमजोरी आउन नदिन सचेत गराउनु भयो । उहाँले शिक्षकहरु आफ्नै परिवारका भएकाले उनीहरुको समस्या आफ्नो पनि समस्या रहेको भन्दै छलफल मार्फत नै समाधान निस्कने विश्वास दिलाउनु भयो । ‘तपाईहरुको समस्या तपाईहरुको मात्रै हैन हाम्रो पनि हो, समस्या समाधानमा हामी गम्भीर छौं, ‘तर यहाँ आएर छलफल गर्नुको सट्टा बाहिर बाहिर वक्तब्यबाजी गर्दै हिड्दा समस्या कहाँ सुल्झन्छ र ? उहाँले प्रश्न गर्नुभयो । स्थानीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै खटाइएको स्थानमा गएर शैक्षिक कृयाकलाप अघि बढाउनु शिक्षकहरुको दायित्व भएको पनि उहाँले स्पष्ट पार्नु भयो ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्णले शिक्षकहरुको मानसम्मानमा आघात नपुग्ने गरि निर्णय गरिएको र यसमा पनि कुनै समस्या रहेको भए आफुहरु सच्चाउन तयार रहेको बताउनु भयो । शिक्षा समितिको निर्णय बमोजिम नै दरबन्दी मिलानको काम गरिएकाले त्यसमा अप्ट्यारा परेका शिक्षकहरुले आफ्नो असहमति खुलाएर महाशाखालाई जानकारी गराए पुनरावलोकनका लागि समितिमा लैजान आफू सँधै तयार रहेको बताउनु भयो ।

छलफलमा शिक्षक महासंघका नगर समिति अध्यक्ष प्रदीप जयसवालले आफु र आफ्ना शिक्षक साथीहरुको समस्या समयमै सम्बोधन नहुँदा आफुहरु विभिन्न ठाउँमा दौडन बाध्य भएको बताउनुभयो । वास्तविक समस्यामा परेका शिक्षकहरुको माग सम्बोधन गर्न महानगर तयार देखिएकाले बाँकी असहमतिका कुराहरु आपसी समन्वयमा समाधान गर्न आफुहरू तयार भएको बताउनु भयो ।

छलफलमा महासंघका महानगर सचिव सुमु प्रसाद सोनार (सन्तोष), विजय यादब लगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    पहिलो

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 101 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-