महिलालाई उद्योग व्यापारमा प्रेरित गर्न वीरगंजमा प्रदर्शनी, समृद्ध वीरगंजको लागि सबै जुट्नुको बिकल्प छैन : नगरप्रमुख सिंह

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ साउन । महिलाहरुलाई व्यापार तथा उद्यमक्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले आज वीरगंजमा वुमन क्रियशन को आयोजनामा व्यापार प्रदर्शनीको आयोजना गरिएको छ ।

वीरगंजको दियालो लर्डस होटलमा आयोजित कार्यक्रममा महिलाद्धारा उत्पादित घरेलु हस्तकलाका सामाग्री,खाद्य सामाग्री,श्रृंगार सामाग्री, तयारी कपडा,इलेक्ट्रोनिक सामान, फाष्टफुडका बिभिन्न परिकार सहितका स्टलहरु गरी ७० वटा स्टल राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगंजको माटोको लागि केही गर्नु छ भने हामीसबै जुट्नुको बिकल्प नभएको बताउनुभएको छ । उहाँले राजनिती चुनावको बेला गरौं भन्नुहुदै अहिले वीरगंज बनाउने अभियानमा एक जुट भएर आफुलाई साथ दिन सबै बर्ग र समुदायलाई आग्रह गर्नुभयो ।
हिजोको वीरगंज र आजको वीरगंजमा आमुल परिवर्तन भएपनि आफु सन्तुष्ट नभएको बताउदै उहाँले असम्भवलाई सम्भव बनाउने अभियानमा आफु जुटेको हुदा यसकालागि नगरबासीको हौसल,मेहनत र प्रतिबद्धता आवश्यक रहेको कुरामा जोडदिनुभयो ।

नगरप्रमुख सिंहले समाजसेवा र व्यापारमा माडबारी समुदायका महिलाहरु खुलेर अगाडी आएको कुरामा जोडदिदै माडवारी समुदाय उद्योग व्यापारमा मेहनत र समर्पण भावले लागीपर्ने हुदा सफलता हात पारेको बताउनुभयो ।

उहाँले यो बर्ष वीरगंजबासीलाई धेरै कुराको उपहार दिने अभियानमा महानगर जुटेको दाबी गर्दै राम्रोलाई राम्रो, सहिलाई सहि र गलतलाई गलत भन्न नसक्दा वीरगंंजको विकासले गतिलिन नसकेको बताउनुभयो ।
नगरप्रमुख सिंहले राज्यलाइ १ खर्व ५८ अर्व राजश्वदिने वीरगंजलाई सरकारले उपेक्षा गरेकोमा दुखेसो व्यक्त गर्दै वीरगंजलाई राजश्व उठाउने केन्द्र मात्रै बनाईएको भन्दै गुनासो गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष अशोक टेमानीले प्रदर्शनीमा भारतबाट समेत स्टलहरु आएको र यो मेला अन्तर्राष्ट्रिय एक्स्पो को रुपमा स्थापीत भएको दाबी गर्दै महिलाहरुको सक्रियतामा प्रदर्शनीको आयोजना हुनुले वीरगंज का महिलाहरु सक्षम रहेको उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।
कार्यक्रममा वीरगंज स्थित भारतीय महाबाणीज्य दुतावासका बाणिज्य दुत सन्जय कुुमारले वीरगंजमा झण्डै २ हजार पािरवार माडबारी समुदायको बसोबास रहेको र उनीहरु उद्योग,व्यापार र समाज सेवामा सक्रिय रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

वुमन क्रियशन वीरगंजकी अध्यक्ष अन्जु रुंगटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधब राजपाल, बरिष्ठ उद्योगपति अशोक बैद्य लगायतका उद्योगी व्यबसायीहरुको सहभागीता रहेको थियो ।
उद्घाटन कार्यक्रमपछि नगरप्रमुख सिंह लगायत वीरगंजका उद्योगी व्यबसायीहरुले प्रदर्शनी स्थलको अवलोकन गर्नुभएको थियो ।

  • Related Posts

    धर्म निरपेक्षता खारेजीको मांग गर्दै विश्व हिन्दू महासंघ द्वारा काठमाडौँमा धार्मिक ऱ्याली-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौँ, २८ भदौ । देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध स्वरुप…

    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

    काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ गरेको छ । जसमा नुवाकोट, दुप्चेश्वर गाउँपालिका-६ सातबिसे बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो…

    पहिलो

    धर्म निरपेक्षता खारेजीको मांग गर्दै विश्व हिन्दू महासंघ द्वारा काठमाडौँमा धार्मिक ऱ्याली-

    • September 13, 2024
    • 30 views
    धर्म निरपेक्षता खारेजीको मांग गर्दै विश्व हिन्दू महासंघ द्वारा काठमाडौँमा धार्मिक ऱ्याली-

    ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

    • September 13, 2024
    • 11 views
    ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

    नाक, कान, घाँटीकाे उपचारलाई प्राथमिकता अनुसार राख्न सकिएन् :स्वास्थ्य मन्त्री पाैडेल

    • September 13, 2024
    • 11 views
    नाक, कान, घाँटीकाे उपचारलाई प्राथमिकता अनुसार राख्न सकिएन् :स्वास्थ्य मन्त्री पाैडेल

    बिमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

    • September 13, 2024
    • 8 views
    बिमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

    भोटेकोशी नदीमा गाडी खस्यो

    • September 13, 2024
    • 11 views
    भोटेकोशी नदीमा गाडी खस्यो

    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

    • September 13, 2024
    • 8 views
    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ