महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी

नुवाकोट । तिज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य संघले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाका सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ ।

तिज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्री कक्षमार्फत उद्यमी र उपभोक्तालाई लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको संघका सचिव मधुसुदन थपलियाले जानकारी दिए।

उनका अनुसार तिज पर्व सुरु हुनुभन्दा धेरै अघिदेखि भड्किला तथा विकृति फैलाउने कार्यक्रम आयोजना हुने गरेकामा वाणिज्य संघले पहिलो पटक बिक्री तथा प्रदर्शनी आयोजना गरेको हो । यसबाट उद्यमी र उपभोक्ता दुवै पक्षलाई लाभ पुगेको छ । 

“प्रदर्शनीमा तरकारी र मसाले दार बाली उपभोक्ताको रोजाइमा परेको छ”, सचिव थपलियाले भने, “हस्तकला तथा साना घरेलु उद्योगमा उत्पादित ढाकाबाट बुनेका कपडा, सरसफाइलगायत दैनिक जनजीवनमा प्रयोग हुने सामग्रीको कारोबार उत्साहजनक छ ।”

सहुलियत शुल्कमा स्थानीय उत्पादनका सामग्री ताजा र सहुलियत शुल्कमा उपलब्धताले उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई फाइदा पुगेको विदुर नगरपालिका-२ शेराका सरस्वती अधिकारीले बताइन्। तिजका बाहनामा हुने भड्किला कार्यक्रमको साटो महिला उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई सहुलियत शुल्कमा गुणस्तरीय सामग्री उपभोगको अवसर मिलेकाले आगामी दिनमा यस्तै रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 119 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-