महिला किसानलाई सुत्केरी भत्ताको व्यवस्था गर्न माग

भेरीगङ्गा (सुर्खेत) । राष्ट्रिय किसान आयोगले महिला किसानलाई सुत्केरी भत्ता उपलब्ध गराउन माग गरेको छ । आयोगले आज सुर्खेतमा किसान सूचीकृतको प्रभावकारी कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तरक्रिया आयोजना गरेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य टेकबहादुर बोगटीले कर्मचारीले सुत्केरी बिदा र अन्य सुविधा पाएजस्तै महिला किसानले पनि सुत्केरी भत्तासँगै सरकारी सुविधा पाउने व्यवस्था गर्न माग गरेका हो । उनले भने, “किसानलाई विभेद गरिनु हुँदैन, कूल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान धेरै छ, सम्मानित पेसामा आबद्ध महिला किसानले अब सुत्केरी भत्ता पाउने व्यवस्था गर्नुपर्छ ।”

कृषि श्रमिकलाई तलब भत्ता कट्टा नहुने गरी बिदाको व्यवस्था गरिनुपर्ने आयोगले माग गरेको उनको भनाइ छ । अदालतमा किसान इजलासको स्थापना गरी किसानलाई न्यायमा सुलभता उपलब्ध गराउनुपर्ने, किसानलाई कानुनी सहायता दिनुपर्ने, किसानमैत्री कानुन निर्माणका लागि किसानको सहभागिता सुनिश्चित हुनुपर्ने, किसान कल्याणकारी कोषको स्थापना हुनुपर्ने आयोगका सदस्य बोगटीको भनाइ थियो ।

कृषि क्षेत्रले राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा गरेको योगदानको आधारमा बजेट विनियोजन गरिनुपर्ने बताउँदै हालको अवस्थामा जम्मा बजेटको दश प्रतिशत हिस्सा कृषिमा छुट्याउनुपर्ने उनको माग छ । भूमि बैंकको अवधारणा कार्यान्वयन गरी स्थानीय तहबाटै बाँझो कृषि भूमिको उपयोग र जमिन उपलब्धता गराइनुपर्ने, कृषि उत्पादनमा प्रयोग हुने सामग्री र उपकरणमा ९५ प्रतिशत भन्सार छुट दिइनुपर्ने विषयसरकारसँग माग गरेको आयोगले जनाएको छ ।

अन्तरक्रियामा सहभागी किसान र सरोकारवालाले वास्तविक किसानको पहिचान गरेर किसानमैत्री कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले बिचौलिया हाबी हुँदा किसान मारमा परेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा सुझाव दिए । सुर्खेतका अगुवा किसान नीता चन्दले व्यावसायिक कृषिमा लागेका किसानलाई वर्गीकरण गरेर सरकारी अनुदानका कार्यक्रम वास्तविक किसानसम्म पुर्‍याउन माग गरे ।

अर्का किसान रामबहादुर शाहीले कृषि क्षेत्रमा बिचौलिया हाबी हुँदा किसानको जीवनस्तरमाथि उठ्न नसकेको धारणा राखे । स्थानीय सरकारका जनप्रतिनिधिले भने तीन तहका सरकारबीचमा समन्वय नहुँदा कृषि क्षेत्रमा काम गर्न समस्या भएको बताए । सल्यानको शारदा नगरपालिका उपप्रमुख सुनिता सापकोटा सुनारले तीन तहका सरकारबिचमा समन्वय आवश्यक रहेको औँल्याए । उनले आफ्नो पालिकाका किसान जङ्गली जनावरको आतङ्कका कारण गाउँ छाड्दै जाँदा उत्पादन घटेको र गाउँ रित्तिँदै गएको उल्लेख गरे ।

जाजरकोट बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले स्थानीय सरकारलाई इकाइको रूपमा मात्रै हेर्न नहुने बताए । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा तीन लाख दुई हजार छ सय घरधुरी कृषिमा आबद्ध छन् भने एक लाख १७ हजार चार सय हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 54 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 63 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-