काठमाडौँ । भारत र दक्षिण अफ्रिकाबीचको आज हुने आइसीसी विश्वकप क्रिकेटको फाइनल खेल बर्षाका कारण समयमा शुरु नहुने भएको छ ।
मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा सवा ३ बजेदेखि हुनुपर्ने खेल बर्षाले गर्दा समयमा शुरु नहुने भएको छ । अहिले पनि ठुलो बर्षा भइरहेकाले आज खेल हुने नहुने बारे अनिश्चित रहेको छ । आज बर्षका कारण फाइनल खेल हुन नसकेमा रिजर्भ दिन राखिएकाले भोली खेल हुने छ ।
अहिलेसम्म विश्वकप नजितेका दुवै देश पहिलो पटक विश्वकप जित्न उत्साहित देखिएका बेला बर्षा बाधक बनेको छ । भारत तेस्रो पटक फाइनल खेल्दैछ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनल खेल्दैछ ।










