दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २० फागुन । सामुदायिक सेवा केन्द्रको आयोजनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बिरुध्द हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनु भएका वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले भने- ज्येष्ठ नागरिक बिरुध्द हुने कुनै पनि अपराध र हिंसा लाई रोक्न जनचेतना को आवश्यकता रहेको छ । हाम्रो समाज मा बुढापाखाहरु लाई हेल्ला गर्ने आदर सम्मान न दिने देखिएको छ । यस्ता कार्य गर्नेहरु लाई कानुन को दायरा मा ल्याएर कानुन बमोजिम कार्यवाही गर्नु पर्छ । जुन आमा बुवा को कारण हामी आज यो दुनिया हेरिरहेका छौं, त्यो माता पिता लाई छोरा भन्दा बढी माया गरेर राख्नु पर्ने हाम्रो दायित्व हो, भन्दै आउने होलि मा एकता र भाइचारा बनी रहोस् भन्ने होलि को शुभकामना पनि दिनु भएको थियो ।
उक्त कार्यक्रम को सभापतित्व सामुदायिक सेवा केन्द्र, छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई ले गर्नु भएको थियो, भने विशिस्ट अतिथिको रूपमा वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मियाँ, बरिस्ठ पत्रकार जगदिश शर्मा अतिथिहरु जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रहरी निरिक्षक मनिशा लौडारी, वडा सदस्य अब्दुल लतिफ अन्सारी, बसिर मियाँ हजाम, महिला सदस्य द्वय संगीता थापा तथा रम्भा देवी लगायतकाहरुको उपस्थित रहेको कुरा उप मेयर का प्रेस सल्लाहकार महमद सदाब मल्लिक ले बताएका छन् ।