माछापालनप्रति किसानको आकर्षण बढ्दो

मध्यविन्दु (नवलपरासी) । बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ ।

माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न सक्ने भएकाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख ऋषभ गुरागाईँले बताए । जिल्लामा गत आर्थिक वर्षमा ५७ माछापोखरी थपिएका छन् । आव २०७९/८० मा पोखरीको सङ्ख्या एक हजार पाँच सय १७ रहेको थियो भने आव २०८०/८१ मा उक्त सङ्ख्या एक हजार पाँच सय ७४ पुगेको उनले बताए । 

जिल्लामा गत आवमा ५८ वटा नयाँ मत्स्यकार्प फार्म सञ्चालनमा आएका छन् । आव २०७९/८० मा दुई सय १५ फार्म रहेकामा आव २०८०/८१ मा उक्त सङ्ख्या दुई सय ७३ पुगेको प्रमुख गुरागाईँले जानकारी दिए । “माछा फार्म र माछापोखरी थपिने क्रम बढेसँगै यहाँ प्रत्येक वर्ष माछा उत्पादनमा वृद्धि भएको छ”, उनले भने । आव २०७८/७९ मा नौ सय ३३ मेट्रिक टन माछा उत्पादन भएकामा आव २०७९/८० मा नौ सय ६८ मेट्रिक टन तथा आव २०८०/८१ मा नौ सय ८१ मेट्रिक टन माछा उत्पादन भएको तथ्याङ्क छ । 

माछापालनतर्फ जिल्लामा आकर्षण बढ्दै गएपछि माछाका भुरा उत्पादन गर्नेगरी गत आवमा एउटा मत्स्य ह्याचरी स्थापना भएको छ । त्यसैगरी यहाँ ६ वटा मत्स्य स्रोत केन्द्र सञ्चालनमा रहेको प्रमुख गुरागाईँले जानकारी दिए । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत मत्स्य स्वास्थ्य घुम्ती शिविरमार्फत स्थलगत माछापोखरीको रेखदेख गरिनुका साथै २५ लाख २८ हजार सिल्भर कार्प, रोहु र नैनीका भुरा वितरण गरिएको उनले बताए । 

सरकारले माछापालन गर्न सिफारिस गरेका रोहु, नैनी, सिल्भर कार्प, कमल कार्प, ग्रास कार्प, विवेक कार्प, भागगोर र वडगासी जातका माछा यहाँ उत्पादन गर्ने गरिएको छ । कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाको तीन सय हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा कृषि उत्पादन केन्द्र माछा ब्लक कार्यक्रमअन्तर्गत नयाँ पोखरी निर्माण गरी माछापालन गर्न कार्यालयले प्रोत्साहन गरेको छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 55 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 64 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-