माछापुच्छ्रे बैंक लिमिटेडको संचालक पदका लागी उम्मेदवारी दिनेमा बिनोदकुमार सिंह पनि

माछापुच्छ्रे बैंक लिमिटेडको आगामी पौष २८ गते आईतबारका दिन हुने वार्षिक साधारण सभामा ३ जना पब्लिक संचालकको निर्वाचनको कार्यक्रम रहेको छ । आज पौष १९ गते सम्पन्न मनोनयन दर्ता कार्यक्रममा ४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिएकाहरुमा बिगत ८ बर्ष देखि संचालक रहेका जयमुकुन्द खनाल, धितोपत्र बोर्डको वर्तमान अध्यक्षका भाई सुनिलनारायण श्रेष्ठ, के.सी. समूहका सदस्य श्रीमती मनिषा भण्डारी के.सी. र अर्का उम्मेदवार माछापुच्छ्रे बैंकमा बिगत १८ बर्षदेखि बिभिन्न विभाग र शाखामा व्यवस्थापकीय श्रेणीमा अनवरत रुपमा कार्यरत रही २०७७ साल मंसीरमा ५८ बर्षको उमेर हदका कारणले अनिबार्य अबकाश पाएका बिनोदकुमार सिंह (बिनोदसिंह भण्डारी) छन् ।

सिंह माछापुच्छ्रे बैंकको बिकासमा उत्कृष्ठ योगदान पुर्याएको मध्येका एक मानिन्छन् । पोखरामा स्थापना भएको क्षेत्रिय बैंकलाई राष्ट्रिय स्तरको बैंक बनाउन उनको अहम भूमिका थियो । पुतलीसडकमा कर्पोरेट कार्यालयको स्थापना देखि लाजिम्पाट स्थित बैकको हालको कर्पोरेट कार्यालय एम.बि.एल टावरको स्थापनामा उनको योगदान रहेको छ । स्टयाण्डर्ड फाईनान्स मर्जर अघि निज सिंह कै नेतृत्वमा देश भरी बैंकको शाखा संजाल विस्तार भएको हो । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सेवालाई विस्तारित गर्न सार्वजनिक बिदाको दिनमा समेत ३६५ दिने बंैकिङ्ग सेवा, Evening Counter Service, Morning Time Banking  का साथै देशको कुनाकुनामा पुगेको बैंकको एटिएम सेवाको बिस्तारमा निज सिंहको उल्लेखनीय योगदान रहेको बुझिएको छ ।

माछापुच्छ्रे बैंकमा नियुक्ति हुनु अघि निज सिंहले नेपाल टेलिभिजनको विभिन्न विभागीय प्रमुखको रुपमा १२ वर्ष काम गरेको अनुभव छ । यसका अतिरिक्त उनीसंग स्टक एक्सचेन्ज र कर्मचारी सञ्चयकोष जस्ता ठूला आर्थिक संस्थाहरुमा समेत काम गरेको अनुभव छ । संचालक पदका उम्मेदवार सिंह वरिष्ठ बैंकर तथा अर्थविद् राजनसिंह भण्डारीका नाता पर्ने हुन् ।

बंैकले आफनो आर्थिक अवस्था सुदृढ पार्न र शाखा कार्यालयहरुको स्थायित्वका लागी पोखराको महेन्द्रपूल, तनहुँको दमाली, बाग्लुङ्गको बाग्लुङ्ग बजार, जोमसोमको जोमसोम बजारमा आफनै स्वामित्वको जग्गामा शाखा संरचना निर्माण गरिएको थियो भने भैरहवाको देवकोटा चोकमा बंैकको लागी जग्गा खरीद गरिएको थियो जहाँ हालसालै नयाँ भवन निर्माण गरी भैरहवा शाखा कार्यालय स्थानान्तरण गरिएको छ । काठमाण्डौको थापाथलीमा समेत कर्पोरेट कार्यालयका लागी जग्गाको ब्यवस्थापन गरिएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 118 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-