माण्डवीगङ्गा किनारमा बीस हजार बिरुवा रोपिँदै

महोत्तरी, २६ असार : महोत्तरीको प्रसिद्ध धार्मिकस्थल टुटेश्वरधाम नजिकैको माण्डवीगङ्गा (मडहा) नदी किनारको उकास जग्गा नयाँ बिरुवाले भरिँदैछ । नदी उकासको करिब १३ हेक्टर जग्गामा बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयले वृक्षरोपण थालेको छ । यहाँ बीस हजार नयाँ बिरुवा धमाधम रोपिँदै छन् ।

राष्ट्रिय गौरवको आयोजना बर्दिबास मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढाउन अहिले सघन वृक्षरोपण थालिएको हो । कलेज निर्माणका लागि प्रस्तावित ठाउँ बर्दिबास–४ माइस्थानको अटाबे खोल्सीदेखि पूर्व र भब्सीखोलादेखि पश्चिमको सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरमा रहेका एक हजार नौ सय ६७ रुख कटान गर्नपूर्व सो सङ्ख्याको १० गुणा बढी रुख रोप्नुपर्ने सर्वोच्च अदालत र नेपाल सरकारको निर्देशानुसार माण्डवीगङ्गा तटको नदी उकास जग्गामा वृक्षरोपण गरिँदैछ ।

शनिबारदेखि उक्त अभियान थालिएको हो । हालसम्म पाँच हजारभन्दा बढी बिरुवा रोपिएका छन् । यही महिनाभित्र बीस हजार बिरुवा रोपीसक्ने बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयका प्रमुख देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । यसअघि वनक्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा २०७८ मा परेको रिट अदालतले २०८० जेठ २९ गते खारेज गरेको थियो । सर्वोच्चले मुद्दा खारेज गरेसँगै गत माघ ३ गते मन्त्रिपरिषद्ले अदालतको आदेशानुसार रुख काट्न स्वीकृति दिँदै सोपूर्व नयाँ वृक्षरोपण गर्न निर्देश गरेको थियो ।

“हामीले सर्वोच्च अदालत र मन्त्रिपरिषद्को निर्णय बमोजिम काम अघि बढाउन वृक्षरोपण थालेका छौँ”, प्रमुख सुवेदी भन्नुहुन्छ ।

बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले अब कलेज निर्माण प्रक्रियाले गति लिने विश्वास व्यक्त गर्नुभयो । “अब कलेजको पूर्वाधार निर्माण कार्य अघि बढाउन अड्चन छैन”, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को बर्दिबास शाखा अहिले दक्ष जनशक्ति तयार गर्दैछ । विसं २०७७ मा स्थापना भएर २०७८ देखि ‘ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट’ विषयको पठनपाठन र अभ्यास गराउँदै आएको सो प्रतिष्ठानले यसपालि मधेश प्रदेश सरकारको श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा एक सय ५० जनालाई विभिन्न विधामा तीन महिने सीप तालिम दिएर दक्ष जनशक्ति तयार गरेको छ ।

प्रतिष्ठानले होटल व्यवस्थापन (म्यानेजमेन्ट) विषयमा अन्तर्राष्ट्रिय पाठ्यक्रम पात्रो (तालिका) अनुसार २०७८ असोजदेखि पठनपाठन र अभ्यास गराउन थालेको हो । अहिले दुई समूहका गरी ३९ प्रशिक्षार्थी होटल व्यवस्थापन विषयमा सैद्धान्तिक ज्ञान र सीप तिखार्दैछन् । पहिलो समूहका १७ जनाले अहिले चौँथो सेमेस्टर पूरा गर्दैछन् । दोस्रो समूहका २२ जना दोस्रो सेमेस्टरको अभ्यासमा छन् । प्रतिष्ठानले डिप्लोमा तहको पाठ्यक्रम अनुसारको कक्षाबाहेक यसपालिदेखि होटल व्यवस्थापनका विभिन्न विधामा तीन महिने तालिम पनि सञ्चालन गर्न थालेको हो । तालिम मधेश प्रदेश सरकारको श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा सम्पन्न गरिएको प्रतिष्ठानको बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिकले जानकारी दिनुभयो ।

तालिमबाट सिकेको सीप उपयोगी भएको प्रशिक्षार्थीले बताएका छन् । “म दुई पटक विदेश गएँ, तर त्यहाँ चाहिने सीपको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान नहुँदा राम्रो काम नपाएर फर्कनुप¥यो”, बाराको कलैया–७ का २५ वर्षीय मोहम्मद फैज अन्सारी भन्नुहुन्छ, “यसपाली नाथममा तीन महिने कुक तालिम लिएँ, अब विदेश गएर राम्रो कमाइ गर्नसक्छु भन्ने विश्वास जागेको छ ।”

फैजजस्तै सर्लाहीको मलङवाकी अनिता जयसवाल, सिरहाको मिर्चैयाका अमन राय र धनुषाको मिथिला–१० की सीता कर्माचार्यले पनि तीन महिने तालिम आपूmहरुका लागि जीवन निर्वाह र आर्जनका लागी महत्वपूर्ण उपलब्धि बनेको बताउनुभयो । मधेशमा वैदेशिक रोगारीमा जाने ठूलो सङ्ख्या भए पनि काममा दक्षता नहुँदा थोरै पारिश्रमिकमा धेरै मेहनत गर्नुपर्ने अवस्था छ । तालिमपछि सो अवस्थाको अन्त्य हुने मधेश प्रदेश सरकारको श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेन्द्र पौडेलले ताउनुभयो ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 51 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 62 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-