नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । रौतहट-१ बाट प्रतिनिधिसभाका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा बुधबार नेपालविरुद्ध उजुरी दिएका हुन् ।
उजुरीमा नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भइ निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गरिएको छ ।
सो मुद्धामा नेपाल हाल विशेष अदालतको धरौटीमा बाहिर रहेका छन् । उनी गत असारमा ३५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
नेपाल गत निर्वाचनमा पनि रौतहट-१ बाट निर्वाचित भएका थिए ।









