मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०२ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिहीबार दिउँसो करिब ०३:०० बजेको समयमा मानव वेचविखन मा संलग्न दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोली ले वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित सञ्चालनमा रहेका होटलहरूमा चेक जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरू सँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा होटल स्मार्ट बाट दुई जना र न्यू शान्ति सैनिक होटल बाट दुई जना गरी जम्मा चार जना महिलाहरूको उद्धार गरि उक्त कार्यमा संलग्न हुने/गराउने वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ४५ को गिनीलाल गुप्ता र भारतको विहार राज्य, जिल्ला पूर्वी चम्पारण, थाना नकरदेही, ग्राम भवानीपुर वडा नं. ०६ बस्ने वर्ष ४० को जय प्रकाश साह लाई कानुन बमोजिम नियन्त्रणमा लिइ मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा शुक्रबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास भट्ट ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २७ फागुन । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिक जन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ…

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ फागुन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षका एम.बी.बी.एस., बी.डी.एस., बी.एस्सी. नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी कार्यक्रमका…

    पहिलो

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    • March 11, 2026
    • 58 views
    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    • March 11, 2026
    • 89 views
    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    म्यानमारबाट तीन नेपालीको उद्धार

    • March 11, 2026
    • 20 views
    म्यानमारबाट तीन नेपालीको उद्धार

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    • March 11, 2026
    • 15 views
    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    • March 11, 2026
    • 42 views
    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

    • March 11, 2026
    • 22 views
    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत