
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २८ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले सोमबार दिउँसो करिब ०४:३० बजेको समयमा बीरगञ्ज महानगरपालिका वडा नं. १६ बाट भारततर्फ जान लागेका १ जना पुरुष तथा १ जना युवतीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीले जनाए अनुसार चेकिङ्ग ड्युटीमा रहेको प्रहरीले रोकी माइती नेपालका कर्मचारीको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद लागेकोले निजहरूलाई यस कार्यालयमा ल्याई थप अनुसन्धान गर्दा भोजपुर घर भएकी निज २२ वर्षीया युवतीलाई साथै रहेका निज जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. १४ घर भएका वर्ष ४२ का बाबु घिसिङले केही समय अगाडिदेखि आफन्त मार्फत चिनजान बढाई भारतको कलकत्ता स्थित अस्पतालमा मासिक रू. ६० हजार को तलबमा काम लगाइदिने प्रलोभन देखाई काठमाण्डौँमा सोमबार भेट गरी सोही दिन टाटा सुमो चढाई दिउँसो ०४:०० बजे बीरगञ्ज बसपार्क ल्याई प्रहरीको बोर्डर चेकपोष्टमा “बाराको अमलेखगञ्ज घर हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको” भन्नू भनी सिकाई गलफतमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको देखिन आएकोले निज बाबु घिसिङ्गलाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार कसूरमा मंगलबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिएका छन् ।