दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १६ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले मानव बेचबिखन तथा जबर्जस्ती करणी गरेको अभियोगमा आईतबार तीन जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

मोरङ्ग जिल्लाको कटहरी गाउँपालिका वडा नं. ४ घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने वर्ष २५ को सुरज कुमार साहले जेष्ठ ०५ गते काठमाण्डौँ बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई बीरगञ्ज बोलाई बस पार्क स्थित एक होटलमा लगी पटक पटक करणी गरे पश्चात् जेष्ठ ०९ गते बीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित कार्की होटलकी सञ्चालिका वर्ष ४२ की लक्ष्मी बुढाथोकी (कार्की) को जिम्मा लगाई आफू भागी फरार भएको र जेष्ठ १० गते निज लक्ष्मी बुढाथोकी (कार्की) ले “विवाह गर्छु” भनी झुक्याई जुम्ला जिल्लाको हेमा गाउँपालिका वडा नं. ३ जोगीवडा टोल घर भई हाल बीरगंज महानगरपालिका वडा नं. १६ फूलबारी टोलमा डेरा गरी बस्ने वर्ष ३५ को हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएको तथा निज योगीले पीडितलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिई राखेकोले जेष्ठ १४ गते राति करिब ०९:०० बजे निज पीडित मौका छोपी उक्त स्थानबाट भागी आफन्तको सम्पर्कमा आएको भन्ने समेतको घटना विवरणको जानकारी आईतबार त्यस कार्यालयमा प्राप्त हुनासाथ त्यहाँ बाट खटिएका विभिन्न टोलीले बीरगञ्ज महानगरपालिका को विभिन्न स्थानबाट तीनै जना आरोपित लाई नियन्त्रणमा लिई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसार पसार कसूरमा अनुसन्धान भइरहेको कुरा सोमबार पर्सा प्रहरीले जनाएको छ ।