मार्तडीमा कृषि उपज सङ्कलन केन्द्र

बाजुरा, १४ साउनः जिल्ला सदरमुकाम मार्तडीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आउने भएको छ । जिल्लामा उत्पादन भएका तरकारी तथा परम्परागत बाली भण्डारण गर्नेगरी कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरेका हुन् । कृषि विकास निर्देशनालय दिपायलका इन्जिनियर कोषराज बडूले चिस्यान केन्द्र भवन निर्माण सम्पन्न भएर उपकरण जोड्नमात्रै बाँकी रहेको जानकारी दिनुभयो छ । सबै काम सकेर बडिमालिका नगरपालिकालाई हस्तान्तरण गरिने बताउनुभयो ।

कृषि उपज सङ्कलन केन्द्रले भण्डार तथा बिक्री वितरणमा सहयोग पु¥याउने कृषि ज्ञान केन्द्रका प्रमुख भूमिराज उपाध्यायले बताउनुभयो । हाटबजार सञ्चालनमा ल्याउन खाद्य अधिकार सञ्जालका अध्यक्ष लक्ष्मीराज उपाध्यायले आग्रह गर्नुभयो ।

चिस्यान केन्द्रसहित कृषि हाटबजार सञ्चालनमा आएपछि उत्पादित आलु, बन्दा, सुन्तला, स्याउ र परम्परागत बालीको भण्डारण गर्न सहयोग पुग्ने बडिमालिका नगरपालिकाले कृषि शाखाले जनाएको छ । कृषिउपज सङ्कलन केन्द्रका लागि संरचना बनिसकेकाले सामग्री खरिद तथा जडान व्यवस्थापन गरेर यस वर्षभित्र सञ्चालन गर्ने निर्णय गरिएको बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताउनुभयो । कृषिउपज सङ्कलन केन्द्र सञ्चालनका लागि आवश्यक प्राविधिक व्यवस्थापन गरी दसैँअगावै सञ्चालनमा ल्याएर किसानले उत्पादन गरेका वस्तुलाई सङ्कलन गरेर बिक्री वितरणलाई व्यवस्थित बनाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

  • Related Posts

    लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड

    काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८१-८२ दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव पहिलो ६ महिनाको दाँजोमा झन्डै १०…

    कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र

    सुर्खेत । ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहु वर्षीय आयोजना अलपत्र परेका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरूको…

    पहिलो

    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    • January 21, 2025
    • 16 views
    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    • January 21, 2025
    • 35 views
    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    • January 20, 2025
    • 35 views
    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    • January 20, 2025
    • 7 views
    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    • January 20, 2025
    • 6 views
    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने

    • January 20, 2025
    • 7 views
    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने