दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०५ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिशेष सूचनाको आधारमा शनिबार साँझ करिब ०६:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६, ईनर्वागाँउ स्थित धर्म काँटा अगाडी पार्किङमा रहेको BR 07 GA 9691 नम्बरको मिनि ट्रकभित्र लागु औषध गाँजा लुकाई छिपाई राखिएको अवस्था मा त्यहाँ बाट प्रहरी उपरीक्षक कोमल शाहको कमाण्डमा प्रहरी टोली खटी गई उल्लेखित मिनि ट्रकलाई कानूनी रीत पुर्‍याई चेक जाँच गर्दा उक्त ट्रकको पछाडी भागको तल सामान राख्ने गोप्य ठाउँ बनाई लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध गाँजा १ सय ४९ किलो ग्राम फेला परेको हुँदा उक्त लागु औषध गाँजा, मिनि ट्रक र ट्रक चालक भारतको बिहार राज्य, मोतिहारी पुर्वी चम्पारण जिल्ला, पोष्ट सपाहा, दक्षिणी मनासिङ्गा लक्ष्मीपुर वडा नं. ११ बस्ने वर्ष २७ को ओम प्रकाश सिंह समेतलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसुरमा आईतबार पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।