मिल्टन आँधीले अमेरिकामा २० लाख घरहरूमा बिजुली अवरुद्ध

काठमाडौँ । मिल्टन आँधीका कारण अमेरिकाको फ्लोरिडामा स्थिति नाजुक बनेको छ ।

बीबीसीका अनुसार सरकारी अधिकारीहरूले यो आँधी थप घातक हुनसक्ने र तीव्र हावाले अचानक बाढी आउन सक्ने चेतावनी दिएका छन् ।

उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी रहेको प्रकोप हेर्ने अमेरिकी निकायले जानकारी दिएका छन् ।

आँधीका कारण १६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । बाढी र तीव्र हावाका कारण फ्लोरिडाका २० लाखभन्दा बढी घर र पसलहरू विद्युतविहीन छन्।

आँधी तटीय क्षेत्रमा पुग्नुअघि नै करिब १२५ घरमा क्षति पुगेको थियो । यद्यपि, तीमध्ये अधिकांश अस्थायी घरहरू थिए।

स्थानीय समयअनुसार बिहीबार बिहान ३५ जना मानिसलाई पानीको बहावबाट उद्धार गर्नुपरेको थियो । केही सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढीका कारण पानी विषाक्त भएको भन्दै यसबाट बच्न सरकारी अधिकारीहरूले सचेत गराएका छन् ।

‘यसबाट बच्न बाहिर निस्कनुहुँदैन, कृपया यसबाट बच्न यो पानीसँग जोगिनुहोस्’ सरकारी अधिकारीले फेसबुक स्टाटसमा लेखेका छन् ।

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 40 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views