मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै

दमौली (तनहुँ) । पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रवर्द्धन गर्न लागेको हो ।

चालु आर्थिक वर्षमा मुकुन्देश्वरीको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरी ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरूको निर्माण पुरातत्त्व विभागले र अन्य पूर्वाधार गाउँपालिकाले प्रदेश र संघीय सरकारको साझेदारीमा पूर्वाधारहरू तयार गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए ।

यस वर्ष मुकुन्देश्वरी गढी र थानीमाई मन्दिरको डिपीआरका लागि रु छ लाख विनियोजन गरिएको थापाले बताए । यस्तै चालु आर्थिक वर्षमा नै मुकुन्देश्वरी गढी पुग्नका लागि अधुरो सिँढी निर्माण र अन्य पूर्वाधार निर्माणका लागि गाउँपालिकाले छ लाख ५० हजार, वडा नम्बर २ बाट रु एक लाख ५० हजार विनियोजन गरेको उनले बताए।

यसअघि नै मन्दिर पुग्नका लागि सिँढी, प्रतीक्षालय र बिजुली पुर्‍याइसकिएको छ ।

ऐतिहासिक स्थल मुकुन्देश्वरी गढी संरक्षण र प्रचारप्रसारको अभावले ओझेलमा पर्दै आएको थियो । यहाँ दरबार, सङ्ग्रहालय, पार्क, दृश्यावलोकन केन्द्र लगायतका संरचनाहरू बनाउने योजना छ ।

बन्दीपुर गाउँपालिकाको वडा नम्बर २ मा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन राजाको पालामा निर्माण भएको जनविश्वास छ । यहाँ मुकुन्देश्वरी मन्दिर सहित पाल्पाली राजा मणि मुकुन्दसेनको भग्नावशेष शीतकालीन दरबार, तत्कालीन सैनिक टुँडिखेल ३०/३५ जना बस्न मिल्ने गुफा, पानी सङ्कलनका लागि ८/१० फिट भन्दा गहिरो इनार, घोडा बाँध्ने तबेलाहरू रहेका छन् ।

विसं १५७५ देखि १६१० सम्म पाल्पा राज्य गरेका राजा मुकुन्दसेन विसं १५८१, १५८२, १५८३ सालमा पाल्पाबाट काठमाडौँ उपत्यका जाँदा होस् या आफ्ना राज्यका तीर्थस्थलहरूमा भ्रमण गर्न जाँदा बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी आउने गर्दथे ।

यहाँ रहेको मुकुन्देश्वरी मन्दिरमा राजा मणिमुकुन्दसेन शक्तिपुञ्ज देवी खड्गमाईको पूजाआरधना गर्दथे । अकस्मात् एक दिन उनी आफ्ना गुरुखलक भट्टराई थरका ब्राह्मणको घरमा बास बस्न पुगेको र ब्राह्मणका घरमा राखिएको खड्गमा देवी चढेकोले झाँक्रीको माध्यमबाट यही मुकुन्देश्वरीको चुचुरामा खड्गदेवी स्थापना गरी पूजाआजा हुँदै आएको किंवदन्ती रहँदै आएको छ ।

स्थानीय सुकुमलाल गुरुङका अनुसार शिखरमा पानीको अभाव रहँदा यहाँका बासिन्दाले नजिकैका काँठमा बसाइ सरे पछि खड्गदेवीको पूजामा निरन्तरता आउन सकेन । मुकुन्देश्वरी शिखरमा स्थापना गरिएको मन्दिरमा वडादशैमा नियमित पूजाआजा नभए पछि तनहुँसुरका राजा हरकुमारदत्त सेनले बन्दीपुरका बन्दे कामीलाई बनाउन लगाएको तरवारमा खड्गदेवी प्रकट भए पछि शिखरको देवी मुकुन्देश्वरीलाई खड्गदेवीका नाउँमा पूजाआजा हुँदै आएको विश्वास गरिन्छ । अहिले बन्दीपुरको खड्गमाईको विशेष धुमधामका साथ बरालथोक, बन्दीपुरमा पूजाआजा हुँदै आएको छ ।

बन्दीपुर आउने पर्यटकहरूलाई उक्त स्थानमा पुर्‍याउनका लागि विभिन्न योजनाहरू सहित काम भइरहेको अध्यक्ष थापाले बताए । गाउँपालिकाले मुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि पदमार्ग पर्खाल निर्माणको कामलाई समेत तीव्रता दिएको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको छ ।

बन्दीपुर गाउँपालिका-२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । यस्तै बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा यस क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक बन्दीपुर भित्र्याउने योजना पनि गाउँपालिकाको छ ।

महाभारत शृङ्खला अन्तर्गत पर्ने मुकुन्देश्वरी समुन्द्री सतहबाट १३४३ मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरिदेखि माछापुच्छ्रे अन्नपूर्ण मनास्लु हिमचुली गणेश लाङटाङसम्मका दर्जनौँ हिमशृङ्खलाहरू लगायत तनहुँ लमजुङ गोर्खा चितवन र नवलपुरका स्थानहरू आँखै अगाडि देख्न सकिन्छ । बन्दीपुरबाट भञ्ज्याङ चौतारा हुँदै मुच्चोकसम्म सवारी साधनमा पुगी त्यहाँबाट ४५ मिनेटको उकालो पैदल सिढि चढ्दै मुकुन्देश्वरी डाँडा पुग्न सकिन्छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-