मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाह पञ्चमीको निम्तो पत्र हस्तान्तरण

अयोध्या । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तो पत्र हस्तान्तरण गरेका छन् ।

विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा आज अयोध्याधाममा आयोजित समरोमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी-बेटीकोसम्बन्ध रहेकाले आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । उनले विवाह पञ्चमी समारोह हर्षोल्लासका साथ मनाउन नेपाल र भारतका नागरिकले खेलेको भूमिका अत्यन्त महत्त्वपूर्ण र सराहनीय रहेको बताए ।

ट्रष्टका महासचिव रायले जनकपुरधाम र अयोध्याको सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल र भारत सरकारका साथै नागरिक तहमा रहेको सम्बन्ध महत्त्वपूर्ण रहेको बताए । उनले विवाह पञ्चमीको महत्त्व बढाउन दुवै देशका सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

आज भएको तिलकोत्सव समारोहका लागि मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रु धनप्रसाद सिंह, प्रदेशसभा सदस्य रुपा यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायत दुई ५१ जनाको टोली अयोध्या आएको छ ।

जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ । यही मङ्सिर २१ गते जनकपुरधाममा रामजानकी विवाह पञ्चमी हुँदैछ ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 60 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 37 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 31 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    • March 11, 2025
    • 60 views
    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    • March 9, 2025
    • 22 views
    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-

    • March 9, 2025
    • 41 views
    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-