मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकिने समयसम्म आधा मात्र काम 

१८ साउन, काठमाडौं । ८०.३३ किलोमिटर लामो मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको म्याद आगामी भदौमा सकिँदैछ । तर, काम भने अझै आधा पनि पूरा भइसकेको छैन ।

सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) का निर्देशक चुडाराज ढकालका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म यो आयोजनाको भौतिक प्रगति ४५.४२ प्रतिशत मात्र रहेको छ ।

यो आयोजनालाई दुई भागमा छुट्याएर काम भइरहेको छ । आँबुखैरेनी–जामुनेसम्म ४१.४५ किलोमिटरका काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । जामुनेदेखि पोखरा पृथ्वीचोकसम्मको ३८.८८ किलोमिटर सडक विस्तारको काम भने आनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीबाट भइरहेको छ । यी दुवै खण्डको काम समयमै पुरा नहुने निश्चित भइसकेको छ ।

पूर्वी खण्डको काम २०७७ वैशाखदेखि सुरु भएको हो भने पश्चिम खण्डको काम २०७८ भदौदेखि सुरु भएको हो । आयोजनाका अनुसार यस अवधिमा कोरोना महामारीसहितका समस्या आउँदा काममा ढिला भएको हो । यसबाहेक सडकको बीचमा रहेका बिजुलीका पोल, रुख बिरुवा तथा घर टहरा समयमै हटाउन नसक्दा समेत आयोजनाको कामले अपेक्षित गति लिन सकेको थिएन । यो आयोजनामा भूगोल हेरेर २१ देखि ४५ मिटरसम्म सडक फराकिलो बनाउने लक्ष्य छ । आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) ले सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराएको छ ।

४२ महिनाभित्र काम सक्ने गरी राजमार्ग विस्तारको जिम्मा आनहुई काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको हो । उक्त सडक खण्डको म्याद ०८१ भदौमा सकिँदैछ । मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा माघ २०७७ मा ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । यो आयोजनाले साइट क्लियरेन्समा धेरै झमेला बेहोर्नु परेको थियो । दमौलीको मुख्य बजारका घरटहरा भत्काउने काम एक वर्ष अगाडिबाट मात्र सुरु गरिएको छ ।

सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) को पछिल्लो तथ्यांक अनुसार यो आयोजनामा ३२.३२ किलोमिटर सडकमा चार लेन नै कालोपत्र गर्ने काम सम्पन्न भइसकेको छ । यहाँ कुल ८०.३३ किलोमिटर कालोपत्र गर्नुपर्ने छ । दुई लेन एकतर्फी कालोपत्र गर्ने काम भने २०.८९ किलोमिटर सम्पन्न भएको छ । प्रगति विवरण केलाउँदा यो आयोजनाले आव २०८०/८१ मा केही गति लिएको देखिन्छ । सडक कालोपत्र गर्ने काम अधिकांश यसै आवमा भएको विवरणमा उल्लेख छ ।

आयोजनाका अनुसार यस सडक विस्तारका दौरान कुल २८८ स्थानमा कल्भर्ट बनाउनु पर्ने छ । त्यसमध्ये अघिल्लो आवसम्म २२९ वटा बनिसकेका छन् । कुल २९ वटा साना–ठूला पुल निर्माण गर्नुपर्नेछ । अहिलेसम्म २४ वटा पुल निर्माण भएको देखिएको छ । साइड ड्रेनतर्फ कुल १००.८५ किलोमिटर निर्माणको लक्ष्य छ । गत आवसम्म ४९.९१ किलोमिटर साइड ड्रेन निर्माण भइसकेको आयोजनाले जनाएको छ । यस प्रकार असार मसान्तसम्म यो आयोजनाको भौतिक प्रगति ४५.४२ प्रतिशत पुगेको हो । गत आवमा मात्र २५.६१ प्रतिशत भौतिक प्रगति भएको देखिएको छ ।

चालु आवलाई साढे ९ अर्ब बजेट

यो आयोजनालाई चालु आवमा समेत गति दिने तयारी छ । सोहीकारण सरकारले समेत ठूलो बजेट विनियोजन गरेको छ ।

चालु आवमा आँबुखैरेनी–पोखरा खण्डको कालोपत्र र मुग्लिन–आँबुखैरेनी खण्डको विस्तारलाई ९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस वर्ष भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले कुल १ खर्ब ५० अर्ब रुपैयाँको बजेट पाएकोमा साढे ९ अर्ब रुपैयाँ यो सडकले पाएको हो । जुन मन्त्रालयले पाएको बजेट हिस्साको साढे ६ प्रतिशत हाराहारी हो ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 48 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 76 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-