मुर्ली चोकदेखि बाइपास निस्कने सडक छेउका संरचना १५ दिनभित्र हटाउन महानगरको अपिल-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०५ माघ । वीरगंज महानगरपालिका वडा नं. १२ र १३ को साँधमा पर्ने मुर्ली चोक देखि पूर्व तर्फ जाने सडक स्तरोन्नती गर्न भन्दै महानगरपालिकाले एक सूचना जारी गरेको छ । सडक स्तरोन्नती गरी १० मिटर फराकिलो बनाउने गरी निर्माण कार्य गर्नु पर्ने भएकाले सडकको केन्द्र बाट दायाँ-बायाँ ५/५ मिटर भित्र निर्माण भएका संरचना हटाउन महानगरले सूचना जारी गर्दै सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

बाटो साँघुरो हुँदा विपतका बेला एम्बुलेन्स तथा दमकल समेत ओहोरदोहोर गर्न समस्या भएको भन्दै सडक स्तरोन्नती गरी फराकिलो बनाउन स्थानीयले पटक पटक माँग गर्दै आएका छन् । सडक छेउमा बनाइएका संरचना अनुमति बेगर नै बनेकाले आफैले हटाएर सडक स्तरोन्नतीका लागि सहयोग गर्न महानगरपालिकाले सबैमा अपिल गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जारी गरेको सूचनामा १५ दिन भित्र सडक छेउमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाइ सक्न भनिएको छ ।

‘उक्त बाटोको साँधमा पर्ने जग्गा धनिहरु बाट प्रमाण पेश हुन आउँदा नक्सा पास नगराई संरचनाहरु अवैध रुपमा निर्माणहरु गरिएको देखिएको र सो बाँकी रहेको बाटो बिस्तार नहुँदा आवत जावत गर्न, विपतको बेलामा एम्बुलेन्स, दमकल आउन जान समेत समस्या परेको हुँदा उक्त टोल बासीको गुनासो आई राखेकोले सो सडकको केन्द्रबाट ५/५ मिटर दायाँ बायाँ गरि जम्मा १० मिटर भित्र पर्ने नक्सा पास नगरी अवैध रुपमा निमार्ण भएका भवनहरु (संरचनाहरु) यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र खाली गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

मुर्ली चोकदेखि नेपाल आयल निगमको क्षेत्रीय कार्यालय बाइपास निस्कने उक्त बाटो मध्ये चोक तर्फ बाट सबाह अन्सारीको घर सम्म साँघुरो छ । त्यस पछि बाइपास सम्म भने यस अघि नै निर्माण भइसकेको छ । मुर्ली चोक देखि सबाह अन्सारीको घरसम्मको सडक स्तरोन्नतीका लागि महानगरले शुक्रबार सूचना जारी गर्दै १५ दिन भित्र सडकको साँधमा निर्माण गरिएका संरचना हटाई सडक फराकिलो बनाउने कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले आज ठूलो मात्रामा लागु औषध बरामद गरेको छ । मंगलवार त्यहाँ बाट…

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ जेष्ठ । तुलसीपुर उप महानगरपालिका कि उप प्रमुख स्यानी चौधरी को नेतृत्व मा आएको टोलि ले सोमबार बिरगंज महानगर पालिका का उप प्रमुख तथा…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 107 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 137 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 101 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 95 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 121 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 89 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-