मुस्ताङबाट कबड्डी- ५ को छायांकन सुरू

काठमाडौँ ।  नेपालको सफल फ्रेन्चाइज फिल्म ‘कबड्डी’ को अब पाँचौँ सिरिजको छायांकन शुरु भएको छ ।

चौथो भागलाई नै अन्तिम श्रृंखला भनिए पनि निर्माण पक्षले नयाँ कथामा कबड्डी- ५ को निर्माण शुरु गरेको हो । सोमबारबाट यो फिल्मको छायांकन मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेपछि लार्जुङ बस्तीबाट शुरु गरिएको हो । 

फिल्ममा ‘कबड्डी’ सिरिजमा धेरैजसो कलाकार दोहोरिएका छन् भने नयाँ अनुहारको प्रवेश पनि भइरहेको छ । चौथौ सिरिजमा काम गरेका दयाहाङ राई र मिरुना मगरसहित विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल लगायत पाँचौं सिरिजमा पनि रहने छन् भने यस फिल्मबाट पूर्वमिस यूके नेपाल सिर्जना गुरुङले डेब्यु गर्दैछिन् ।  त्यस्तै यस फिल्ममा अभिनेत्री रिश्मा गुरुङ (मैयाँ) र्ट विपिन कार्कीको इन्ट्री भएको छ । विपिन तिहारपछि मात्र फिल्मको छायांकनमा जोडिने निर्माण पक्षले जानकारी दिएको छ । 

रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्मको छायांकन ७० प्रतिशत मुस्ताङमा र ३० प्रतिशत काठमाडौंमा हुनेछ । यस फिल्मको लेख्न उपेन्द्र सुब्बाको रहेको छ ।

  • Related Posts

    नेपाली बक्स अफिस रिपोर्ट: परानको कमाई साढे ३ करोड नाघ्यो

    काठमाडौँ । अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म कुल ग्रस कमाइ…

    बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ, अस्पताल भर्ना

    काठमाडौँ । बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ भएका छन् । ८९ बर्षिय धर्मेन्द्रको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  दैनिक भास्करले…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 54 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक