जिल्ला प्रहरी कार्यालय मुस्ताङले जिल्लाका अधिकांश क्षेत्रमा हिमपात भइरहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रहरीले बुधबार बिहानै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात परिरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको हो । हिमपात भएपछि सडक अवरुद्ध हुदा मुक्तिनाथलगायतका क्षेत्रममा गएकाहरु बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।
प्रहरीले राति देखि परेको अविरल वर्षाका कारण मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गा.पा. ४ कागवेनीदेखि माथि अपर मुस्ताङमा अविरल हिमपात भएको हुँदा बाटो बन्द भएको जानकारी दिएको छ ।








