मुस्लिम धर्मावलम्बीहरूको अन्तिम पैगम्बर हजरत मोहम्मद को जन्म जयन्ती सौहार्दपूर्ण तरिकाले सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बिरगंज, ३१ भदौ । इस्लाम धर्म का अन्तिम पैगम्बर हजरत मोहमद को जन्म जयन्ती मुस्लिम समुदाय ले हर्सोहुल्लास का साथ देश भरी मनाइरहे का छन । मोहम्मद डे अर्थात मोहमद जन्म जयन्ती लाई ईद उल मिलान नबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ ।

आजको दिन मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एक अर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ। हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत् १४९९ मा भएको थियो । रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट ५७० जन्म भएको थियो । उनको निधन भने आजै कै दिन मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।

साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका प्रचारक संस्थापक हुन् । बिरगंज महानगर को विभिन्न ठाउँ बाट मुस्लिम समुदाय ले जुलुस निकालेका थिए । नगर परिक्रमा गरि बिरगंज स्थिति घन्टाघरमा समापन भएको थियो । बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले मुस्लिम समुदाय का बेक्तिहरु संग शुभकामना साटासाट गर्नु भएको थियो ।

यसै गरि मुस्लिम समाज द्वारा वीरगंजको घण्टाघरमा नि: शुल्क भोजन तथा पानी वितरण गरिएको थियो । जुन जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल ले आफ्नो हात बाट वितरण गर्नु भएको थियो ।

मोहम्मद दिवसको अवसरमा सरकारले आज मुस्लिम धर्माबलम्बीलाई देशैभर नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिइएको छ, भने मधेस प्रदेश सरकार ले पनि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जानकारी दिएको थियो ।

  • Related Posts

    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    दीपेन्द्र प्रजापति/कालो झोला । जयपुर, भारत, १७ बैशाख । “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर, राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टर…

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बिरगंज, १३ बैशाख । बिरगंज महानगरपालिका ले वडाहरुमा आफ्नो बिकासको गति तीब्र गरेको छ । बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा नं.१५ मा अनुगमन गरेका…

    पहिलो

    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    • April 30, 2025
    • 46 views
    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    • April 27, 2025
    • 27 views
    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    • April 27, 2025
    • 29 views
    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    • April 26, 2025
    • 44 views
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 20 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 35 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम