मृतकका परिवारलाई छ लाख ५० हजार राहत

गलकोट (बागलुङ), ३० असारः मनसुनजन्य विपद्बाट बागलुङमा तीनजनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु छ लाख ५० हजार राहत प्रदान गरेको जनाएको छ ।

बागलुङमा मनसुनजन्य विपद्बाट गलकोट नगरपालिकामा एकै परिवारका दुईजनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो । मनसुनजन्य विपद्बाट मृत्यु भएकाका परिवारलाई सङ्घीय सरकार र प्रदेश सरकारका तर्फबाट आएको राहत प्रदान गरिँदै आएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । यही असार २७ गते राति बागलुङ–७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको थियो । मृतक शर्माकी छोरी निर्मला शर्मालाई रु दुई लाख ५० हजार नगद प्रदान गरिसकिएको सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार सङ्घीय सरकारको रु दुई लाख र प्रदेश सरकारको रु ५० हजार रकम मृतकको परिवारलाई प्रदान गरिएको छ । यस्तै, यही असार १५ गतेको राति अविरल वर्षाले घर पुर्दा श्रीमान्–श्रीमतीको मृत्यु भएको थियो । गलकोट–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा परी ज्यान गएको थियो । मृतक श्रीमान्–श्रीमतीको परिवारलाई रु चार लाख एक मुष्ट नगद राहत प्रदान गरिएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।

  • Related Posts

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०२ चैत । सशस्त्र प्रहरी बल नेपाल, बी. ओ. पी. ड्राई पोर्ट ले आज बिहान करिब ०८:५० बजेको समयमा बीरगंज महानगरपालिका-२५, खल्वा टोलको रेल लिग…

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ फागुन । नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रम सम्पन्न भएको छ । रंग र उमंगको चाड होलीलाई अवसरका रूपमा उपयोग गर्दै कलेजले विशेष…

    पहिलो

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 60 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 37 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 31 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    • March 11, 2025
    • 60 views
    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    • March 9, 2025
    • 22 views
    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-

    • March 9, 2025
    • 41 views
    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-