दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १९ श्रावण । पर्सा जिल्लाको पकहामैनपुर गाँउपालिका वडा नं. ०४, लहावरथकरी बस्ने भदई ठाकुर हजाम ले स्थानिय प्रहरी प्रशासन बाट न्याय न पाएपछि संचारकर्मीहरुलाई समक्ष आफ्नो दुखेसो पोखेका छन् ।
सोही ठाउँ बस्ने राजा ठाकुर हजामका छोरा प्रहलाद ठाकुर हजाम समेत उपर निजको बुवा महाराज ठाकुर हजामले २०५८ सालमा दे.नं. १२९८ को जग्गा खिचोला मुद्दा दिनु भएकोमा सो मुद्दामा खिचोला ठहर भई फैसला भएकोले र सोही कुराको रिस निज प्रहलाद ठाकुरले मेरो परिवारका सदस्यहरुसंग लिई राखेको र तिम्रो तथा तिम्रो परिवारका सदस्यहरुको जयान मारी फालिदिन्छु भनि धम्की समेत दिई आएका थिए ।
सोही रिसको कारणबाट निज प्रहलाद ठाकुर हजाम तथा निजका छोरा राम विकास ठाकुर हजामले मेरो छोरा २२ वर्षिय रितिक भन्ने राजकृत ठाकुर हजामलाई मार्ने नियतले मिति २०७९ साल असार २३ गतेका दिन बिहान करीब ०९:३० बजेको समयमा आफनो घर अगाडीको सडकमा उभी रहेको अवस्थामा रामबिकाश ठाकुर हजामले ना. ६३ प ३४८ नम्बरको यामाहा मोटरसाईकलमा आफ्ना पिता प्रहलाद ठाकुर हजाम लाई पछाडी बसाई सो मोटरुसाईकल तिब्र गतिमा चलाई ल्याई छोरा रितिक भन्ने राजकृत ठाकुर हजामलाई ठोकेर लडाई दिदा छोरा रितिक भन्ने राजकृत ठाकुर हजामको टाउको तथा शरिरको विभिन्न भागमा चोट लागी छोरा अचेत भएको र छोरालाई उपचारको लागी बीरगंजको एल. एस. न्युरो अस्पतालमा ल्याई भर्ना गराई उपचारको क्रममा त्यसको भोली पल्ट अर्थात २०७९ साल असार २४ गते बिहान करीब ०६:३० बजेको समयमा छोरा रितिकको निधन भयो ।
यसरी निजहरुले जानी जानी मेरो छोरालाई मार्ने नियतले मोटरसाईकलले ठोकेकोले कानुनी कारवाही लागी निजहरु उपर तत्काल जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पुर्ण कुरा उल्लेख गरि जाहेरी दिदा पनि मेरो जाहेरी दर्ता नगरि आलटाल गएकोमा मेरो जाहेरी दर्ता गरि कारवाही गरी पाउन उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजमा परमादेशको आदेश जारी गरिपाँउ भनि ०७९-WO- ००३१ को रिट निवेदन दिएकोमा उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजबाट जाहेरी दर्ता गरि सनाखत गराई आवश्यक निकाश दिनु भनि मिति २०८० साल बैशाख ११ गते मा आदेश भई सो आदेशानुसारको कार्य अगाडी बढाउनु पर्नेमा प्रहरीले कहिले घटनास्थल मुचुल्का हराएको त कहिले पोष्टमार्टम रिपोर्ट हराईसकेको भनि बिभिन्न बहाना बनाउदै सो घटनाको अनुसंधान नगरि म पिडितलाई झन पिडा दिने काम गरिरहेको छ । सत्य सेवा सुरक्षणमको नारा बोकेको प्रहरीले म पिडितलाई न्याय दिलाउनु पर्नेमा उल्टै पिडकको अनावश्यक दबाव र प्रभावमा परि म पिडीतलाई झन पिडा दिने काम गरेको जानकारी गराउन चाहन्छु । साथै पिडकहरुको कर्तव्यबाट छोरा गुमाएको म तथा मेरो परिवारका सदस्यहरुलाई न्याय दिलाउन यहाँहरुको सकारात्कम सहयोगको अपेक्षा समेत गर्दछु ।