मेक्सिकोमा हिंसात्मक प्रदर्शन: ३२ जनाको मृत्यु, बैंकका २० भन्दा बढी शाखामा आगजनी

 मेक्सिकोका कुख्यात लागूऔषध गिरोह प्रमुख एल मेन्चोको मृत्यु भएपछि देशभर हिंसात्मक प्रदर्शन चर्किएको छ । उनका समर्थकहरूले करिब २० राज्यमा सडक अवरोध, सवारीसाधन तथा २० भन्दा बढी सरकारी बैंक शाखामा आगजनी गरेका छन् ।

जालिस्को राज्यमा कर्फ्युजस्तै अवस्था सिर्जना भएको छ । विभिन्न स्थानमा भएको झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको जनाइएको छ, जसमा २५ सैनिक रहेका छन् ।

आइतबार सेनाले विशेष कारबाही गर्दै एल मेन्चोलाई मारिएको घोषणा गरेको थियो । कारबाहीका क्रममा उनी घाइते भएका थिए र उपचारका लागि मेक्सिको सिटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । उक्त कारबाहीमा अन्य आठ अपराधी पनि मारिएका थिए ।

रक्षा मन्त्री रिकार्डो ट्रेविलाका अनुसार मेन्चोको अवस्थिति उनकी प्रेमिकामार्फत पत्ता लागेको थियो । लामो समयदेखि निगरानीमा राखिएको सूचनाका आधारमा सुरक्षा बलले जालिस्को नजिकको एक सुरक्षित परिसर घेराबन्दी गरी कारबाही थालेको थियो । झडपका क्रममा दुवै पक्षबीच भीषण गोली हानाहान भएको थियो ।

एल मेन्चो जालिस्को न्यू जेनेरेशन कार्टेल नामक शक्तिशाली गिरोहका प्रमुख थिए । उक्त गिरोह मेक्सिकोमा लागूऔषध उत्पादन र तस्करी, जबर्जस्ती असुली तथा हिंसात्मक गतिविधिका लागि कुख्यात मानिन्छ । अमेरिकी सरकारले उनको गिरफ्तारीका लागि डेढ करोड डलर रकम इनाम घोषणा गरेको थियो।

  • Related Posts

    ट्रम्पको होर्मुज क्षेत्रको सुरक्षाको प्रस्तावप्रति कुनै देशले देखाएनन् चासो

     चीनले क्षेत्रीय तनाव अन्त्य गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । चीनले ऊर्जा आपूर्ति स्थिर राख्नु सबै देशको साझा जिम्मेवारी भएको पनि जनाएको छ । चिनियाँ दूतावासका अधिकारीहरूले…

    इरानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जना पक्राउ

     इरानको उत्तर पश्चिमी प्रान्त पश्चिम अजरबैजानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ । तस्निम समाचार संस्थाका अनुसार प्रान्तीय अभियोजक कार्यालयले ती व्यक्तिमाथि इरानका सैनिक, प्रहरी र…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय