
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १२ जेष्ठ । वीरगन्ज महानगरको मेयरमा जनता समाजवादी पार्टीका (छाता छाप) बाट राजेशमान सिंह विजयी भएको खुशीयालीमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त रक्तदान कार्यक्रमको आयोजना जनता समाजवादी पार्टीको वीरगन्ज महानगर कार्य समिति र साहिब दरबार सेवा संस्थानले संयुक्त रुपमा जितको खुशीयालीमा गरेका छन् । वीरगन्जको राणीसती अतिथी सदनमा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित १ सय २६ जनाले रक्तदान गरेका हुन् ।
हाल वीरगन्जको रक्त सन्चार केन्द्रमा रगतको चरम अभाव रहेको कारण वीरगन्जका अस्पतालहरुमा जटील प्रकारका बिरामीको उपचारमा समस्या भइरहेको छ । त्यसैलाइ मध्यनजर गरि र जितको खुशीयाली सामाजिक सेवामा योगदान पुग्ने गरि मनाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको जसपाका मुकेश द्विवेदी ले बताएका छन् । रक्तदान कार्यक्रममा नवनिर्वाचित मेयर सिंह , जसपाका नेता एंव सांसद प्रदीप यादव पनि पुगेर रक्तदाताहरुको हौसला बढाउनु को साथै रक्तदाताहरुलाई प्रशंसाणपत्र पनि वितरण गरेका छन् ।
