दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ असोज । लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, वीरगञ्ज तथा जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०२:४५ बजेको समयमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. ०१, गम्हरिया स्थित सडक खण्डमा सुवर्णपुर बाट वीरगञ्ज तर्फ आउदै गरेका ना. ६१ प ९७०० नम्बरको निलो साईन मोटरसाईकललाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०४, विजयबस्ती बस्ने वर्ष ३४ को क्षेत्र बहादुर श्रेष्ठले उल्लेखित नम्बरको मोटरसाईकलको पछाडी सिटमा एउटा सेतो बोराभित्र टेपले र्‍यापिङ गरी प्रति प्याकेट ५ सय ग्रामका दरले ६४ प्याकेटमा जम्मा ३२ के.जी. लागु औषध चरेश फेला परेको हुँदा उल्लेखित नम्बरको मोटरसाइकल र बरामद लागु औषध सहित निज क्षेत्र बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले सोबताएका छन् ।