दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २८ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बुधबार मोटरसाइकल सहित एक जनालाई आफ्नो नियन्त्रणमा लिएको छ । बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ बस्ने वर्ष २९ को लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको कालो रातो रंगको सुपर स्प्लेण्डर मोटरसाईकल बैशाख १७ गते राति ०८:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.८ माईस्थान अगाडि पार्किङ गरी राखिएकोमा उक्त मोटरसाइकलको लक तोडी चोरी गरी भाग्दै गरेको अवस्था बाट जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको नियमित चेकिङ टोलीले उल्लेखित नम्बरको मोटरसाइकल सहित जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.११ बस्ने वर्ष २० को आकाश गिरीलाई नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान भैरहेको कुरा पर्सा प्रहरीले जनाएको छ ।