‘मोदिबेनी’ चाँडै प्रदर्शनीमा

काठमाडौँ, १७ साउन : नेपाली चलचित्र ‘मोदिबेनी’को चलचित्रकर्मीले प्रसंशा गरेका छन् । यही साउन १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको बुधबार कमलपोखरीस्थित एक चलचित्र भवनमा गरिएको पहिलो प्रदर्शनी (फस्ट प्रिमियर) मा सहभागी चलचित्रकर्मीले प्रसंशा गरेका हुन् ।

पर्वतको मोदीबेनी क्षेत्रको कथामा आधारित रहेर तयार पारिएको चलचित्र ‘मोदीबेनी’मा ग्रामीण सौन्दर्यसँगै सशक्त कथा पाएको अभिनेता रमेश उप्रेतीले बताउनुभयो । “यसको प्राविधिक पक्ष राम्रो छ, सबै कलाकारले राम्रो काम गर्नुभएको छ । यो चलचित्र अरुभन्दा फरक छ, यसको निर्देशकसहित निर्माण पक्षलाई धन्यवाद”, उहाँले भन्नुभयो ।

अभिनेता निर्मल शर्माले नेपालको ग्रामीण भेगलाई यसैगरी चलचित्रमा प्रस्तुत गरिनुपर्ने धारणा राख्नुभयो । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले चलचित्रले दर्शकलाई कथावस्तुसँग सहजै जोड्ने बताउनुभयो । “हाम्रो आफ्नो मौलिक कथालाई विषय बनाएर तयार गरिएको चलचित्रले ग्रामीण सौन्दर्यको प्रचार गरेको छ । मलाई कमेडीको विधा निकै मनपर्छ, मैले भरपुर मनोरञ्जन लिएँ”, उहाँले भन्नुभयो ।

यसै चलचित्रमार्फत नौ वर्षपछि अभिनयलाई निरन्तरता दिनुभएकी अभिनेत्री रेजिना उप्रेतीले आफूलाई पर्दामा हेर्दा भावुक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफैँलाई पर्दामा हेर्दा अर्कै महसुश गरेँ । यती लामो समय किन म टाढिएँ भन्ने लायो । अब अभिनयलाई निरन्तरता दिन्छु ।”

निर्देशक शङ्कर कोइरालाले आफ्नो वृतचित्रको अनुभवलाई चलचित्रमा प्रयोग गरेको बताउनुभयो । उहाँले पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा चलचित्र तयार गरिएकाले मनोरञ्जनसँगै उक्त क्षेत्रको जनजीवन र समाजलाई यसले दर्शाउने बताउनुभयो ।

चलचित्रमा अभिनेता सरोज खनाल, अभिनेत्री वर्षा सिवाकोटी, रेजिना उप्रेती, नवअभिनेता अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्र ‘मोदीबेनी’ लाई डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्नुभएको हो । यसमा आनन्द विक्रम क्षेत्रीले कथा लेखन, उत्सव दाहालले छायाङ्कन, भरत रेग्मीले सम्पादन तथा एसडी योगी र शान भुसालले सङ्गीत भर्नुभएको छ ।
–––

  • Related Posts

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज , ०९ जेष्ठ । “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ वीरगंजमा ४५ दिने ह्याण्ड इम्ब्रोडरी सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ…

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ जेष्ठ । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूमा निगरानी बढाउँदै बेकरी उद्योगहरूको निरीक्षण थालेको छ। शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधी तथा गुण नियन्त्रण र…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 57 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 53 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 66 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 117 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-