मुना न्यौपाने
काठमाडौँ, १५ भाद्र । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका चिज नजिकिँदै गर्दै मौलिक तिज गीत “बरिलै माईती कै याद आको दर्शकस्रोताहरु माझ आएको छ ।
चर्चित गायिका शान्ति श्री परियारको स्वर र उर्मीला ढुङगाना सुवदीको शब्द रचना रहेको उक्त गीतको भिडियोमा वि.पि. वाग्लेको संगीत र भद्र वलीको एरेन्ज रहेको छ भने मिसन इन्टरटेनमेण्ट युटूव च्यानलबाट बजारमा आएको छ । यस गीतमा लोकप्रिय मोडल अन्जली अधिकारीको आकर्षक नृत्य देख्न सकिन्छ भने अविशेक वाग्लेको निर्देशन तथा नृत्य निर्देशन, भिडियोमा रक कौसलको छाँयाकन र ओम प्रकाश अवस्थीको सम्पादन रहेको छ ।
तिज पर्वको पूर्वसन्ध्यामा तीजको मौलिक गीत महिलालाई केन्द्रमा राखेर मूलतः महिलाद्वारा गाइने गीत हो । यस्ता गीतमा महिलाका इच्छा–आकांक्षा र अनुभव अभिव्यक्त हुन्छन् वा भनौं हुनैपर्छ । तर बजारमा आएका अधिकांश गीत हेर्दा सुन्दा दोहोरी गीत भेटिएका छन् । तीजको वास्तविक मर्म समावेश गरिएका गीत कमै छन् । सबै त्यस्ता पनि छैनन् तीजको संस्कृती र मर्मलाई जीवन्त राखिएका केही गीत पनि सार्वजनिक भएका छन् ।
हेनोस् भिडियो :

समाज परिर्वतनको प्रभावकारी सेवा मानिने गीतहरु सरल सभ्य संस्कृती झल्काउने सकारात्मक सन्देश दिने हुनुपर्छ । यस गीतले पनि चेलिलाई माइतीको कति माया हुन्छ । घरमा परिपूर्णता हुँदा हुदै पनि माईत जाने, बालापनको साथि संगी संग रमाउने, आमाले बनाएको खाने कुरा माउदै खाने जस्ता कुराले सताई रहन्छ तर माइती जान सम्भव नभएपछि आफ्नै घरमा नन्द अमाजुसंग रमाउदै तीज मनाउदै खुशी हुदै ब्रत बस्ने मन्दिर जाने, तीजको गीत गाउने नाच्ने, सेल्फी खिच्ने, टिकटक बनाउने कुराहरु गीतमा समावेश छन् । यसैगरि यो सालको तीज विशेष बनाउँदै रमाइलो गदैँ, साथीहरुसँग छुट्न मन नहुँदा पनि समयको सीमालाई नाध्न नसकेर छुट्टिनु परेको पीडा गीतमा व्यक्त गरिएको छ ।