काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनकी श्रीमती ब्रिगिट म्याक्रोनले अदालतमा आफू महिला भएको प्रमाण पेश गर्ने भएकी छन् । उनले ट्रम्प समर्थक कार्यकर्ता क्यान्डेस ओवेन्स विरुद्ध अमेरिकी अदालतमा मानहानि मुद्दा दायर गरेकी छिन् ।
ओवेन्सले बारम्बार ब्रिगिट महिला नभएको दाबी गर्दै आएकी छन् । यो आरोपलाई गलत साबित गर्न ब्रिगिटले अदालतमा फोटोग्राफिक र वैज्ञानिक प्रमाण प्रस्तुत गर्ने तयारी गरेकी छन् ।
म्याक्रोनका वकिल टम क्लेयरले कुनै पनि मानिस जस्तै, देशको राष्ट्रपतिले पनि परिवारमाथि आक्रमण गर्दा विचलित हुन्छ। क्लेयरले विशेषज्ञहरूले अदालतमा गवाही दिनेछन् र वैज्ञानिक प्रमाण प्रस्तुत गरिने बताइएको छ ।
ब्रिगिटको गर्भावस्था र बच्चा जन्माउने तस्बिरहरू अदालतमा प्रस्तुत गरिने बताइएको छ ।
सामाजिक सञ्जालमा क्यान्डेस ओवेन्सका लाखौं फलोअरहरू छन् । उनले बारम्बार ब्रिगिट पुरुष भएको दाबी गर्दै आएकी छन् । मार्च २०२४ मा, उनले यो आरोपको विरोध गर्न आफ्नो सम्पूर्ण जीवन जोखिममा पार्न तयार रहेको पनि बताएकी थिइन् ।
ब्रिजिट म्याक्रोन पुरुष भएको हल्ला धेरै समयदेखि फैलिएको थियो, तर यो विषयले पहिलो पटक २०२१ मा गति लिएको थियो । अमान्डाइन रोय नामकी एक महिला युट्युबरले पत्रकार नताशा रेलाई चार घण्टाको अन्तर्वार्ता दिइन्। त्यसमा नताशाले ब्रिजिट म्याक्रोन पुरुष भएको दाबी गरिन् । नताशा रेले यो जानकारीको लागि तीन वर्ष अनुसन्धान गरेको पनि दाबी गरेकी थिइन् ।








