म्याग्दीका पर्यटकीयस्थल जोड्न नौ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी (बेनी), ७ असार : जिल्लाका पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८०÷ ८१ मा जिल्लामा विभिन्न १८ वटा पर्यटन पूर्वाधार योजनामा प्राप्त रु एक करोड ५६ लाख बजेटबाट पदमार्गलगायतका पूर्वाधार निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लाका विभिन्न चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार निर्माण योजनामा प्राप्त बजेटबाट सात किलोमिटर ४८ मिटर नयाँ ट्र्याक बनाउने, ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, एक किलोमिटर ७२ मिटर पदमार्गमा ढुङ्गा छापेर पदमार्ग बनाइएको छ भने एक किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर निर्माण गरिएको छ ।

पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यू पोइन्ट, वनभोजस्थललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका सव–इन्जिनियर सुमन बोगटीले जानकारी दिनुभयो । “यस वर्ष जिल्लामा पर्यटन पूर्वाधार योजनामा प्राप्त सबै योजना सम्पन्न भएका छन्, कार्यालयको तर्फबाट अन्तिम अनुगमन र नापजाँच भएर अहिले धमाधम योजनाको भुक्तानी दिने काम भइरहेको छ, पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवद्र्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ”, उहाँले भन्नुभयो ।

यस वर्ष सबैभन्दा धेरै रु २० लाख बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका–५ को खोप्रालेकमा पदमार्ग, भ्यू पोइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा रु १०÷१० लाख बजेटबाट पदमार्ग, रेलिङलगायतका पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका–९ स्थित ढोलथानमा रु १० लाख बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ ।

महभिरदेखि करबाकेलीथान जाने बाटो, पनथोकदेखि मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नांगीदेवि थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा रु १०÷१० लाख बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ ।

त्यसैगरी बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगङ्गा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयदेखि हवल्दारको चौतारासम्म रु आठ÷आठ लाख बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे–भूवाने, भालश्री छापाछाङ औसी– खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ– चाङ्गा जोड्ने बाटोमा रु पाँच/पाँच लाख बजेटबाट पदमार्ग निर्माण तथा संरक्षणको काम गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जनाएको छ ।

  • Related Posts

    सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको आज शिलान्यास गरेका छन् । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको…

    एमसीसी रोक्ने निर्णय

    ७ फागुन, काठमाडौं । अमेरिकी सरकारले एमसिसीको अनुदान रोक्ने निर्णय गर्दैगर्दा यता नेपालमा १० कम्पनीले प्रसारण लाइन परियोजना निर्माणका लागि बोलपत्र पेस गरेका छन् । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेञ्ज…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    • May 13, 2025
    • 14 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-