यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गरिने

नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदायमा रहेका विभिन्न संघसंस्थाहरुले एउटै मत राखेका छन् । काठमाडौँ महानगरले सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधि बिचमा गरको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । 

यमरीसँगै अनगिन्ती अभौतिक सम्पदामा सूचीकृत गर्नुपर्नेछ । यसले सम्पदाको एकीकृत विकासमा टेवा दिन्छ । समितिले अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, अध्ययन, अभिलेखन, विकास र प्रवर्धनलाई पहिलो प्राथमिक कार्यक्रममा राखेर काम गरिरहेको बताइएको छ ।

छलफलमा ज्यापू महागुथि नेपा, नेपाल तण्डुकार समाज, बज्राचार्य संरक्षण क्लव, कारञ्जित समाज, स्यस्यः समाज, रञ्जितकार समाज नेपाल, चित्रकार (पूँ) समाज, केन्द्रीय मानन्धर संघ, कपाली समाज, उदय समाज, नेपाल माली समाज, कसाः तध गुथि, ताम्राकार समाज, राजकर्णिकार समाज, रजक समुदाय विकास संघ, द्योला समाज संघ, नेपाल खड्गी सेवा समिति, नकःमि समाज सेवा पुचः, नेपाल नापित समाजका पदाधिकारी तथा प्रतिनिधिहरुले धारणा राखेका थिए ।    

सांस्कृतिक सम्पदाहरुको संवाहकका रुपमा रहेको भाषा, साहित्य, मौखिक परम्प्रा तथा अभिव्यक्ति अभौतिक सम्पदा हो । युनेस्कोका अभौतिक सम्पदा विज्ञ डा. मोनालिसा महर्जन भन्छन्- ‘अभिनय कला, सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सव, प्रकृति र व्रह्माण्डसँग सम्बन्धित ज्ञान र व्यवहार तथा परम्परागत कला कौशल अभौतिक सम्पदा हुन् ।’ 

अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी महासन्धी २००३ मा भएको हो । नेपाल सन् २०१० मा पक्ष राष्ट्र भएको हो । यसअन्तर्गत आफ्नो देशभित्र रहेका अभौतिक सांस्कृतिक सम्पदाहरुको सूची तयार पार्नु, अनुसन्धान गर्नु, सुरक्षा, संरक्षण र प्रवर्धन तथा परम्परालाई निरन्तरता दिनु यसअन्तर्गतका महत्वपूर्ण कामहरु हुन् ।  

यमरी नेवारी खाद्यबस्तुमा बफ्याएर खाइने एकमात्र खाद्य बस्तु हो । प्रत्येक बर्ष फलेको धान थन्क्याएपछि त्यसबर्षको अन्नको पहिलो परिकार नै यमरी बनाउने चलन रहेको छ । यमरी बनाउन चामललाई ठिक्क पानी राखेर पिठो मुसिन्छ । त्यसमा राख्नका लागि तिल र चाकुसमेत तयार पारिन्छ । अहिले कुराउनी पनि राख्न थालिएको छ ।  

पिठोको डल्लोलाई क्रमश एकातर्फ चुच्चो बनाउँदै लगेर एकातर्फ अंशोराको पिधँ र अर्कोतर्फ चुच्चो आकार बनाइन्छ । चोरी औलाको सहयोगमा एकातर्फबाट पिठोको डल्लोमा पारेको प्वालमा चाकु वा अन्य स्वाद अनुसारको खाद्यबस्तु राखी मुख बन्द गरिन्छ । त्यसपछि वाफमा पकाइन्छ । हातैले बनाइने यमरी बनाउन निकै समय लाग्छ । यसलाई बफ्याउनकालागि विशेष प्रकारको भाँडोको प्रयोग गरिन्छ । 

बर्षभरि खानकालागि प्रमुख अन्न धान भित्र्याएपछि त्यो धान कुटेर बनाइएको चामलबाट तयार पारिएको यमरी अर्थात् मन परेको रोटी तयार गरी यस दिनमा देवी देवतालाई चढाउने, आफू र आफन्तलाई खुवाउने चलन रहेको छ । ज्यापूहरुको परम्परागत पेशा किसान रहेको र किसानले उत्पादन गरेको अन्न पहिलो पटक देवतालाई चढाएपछि मात्र मानिस आफूले प्रयोग गर्ने परम्पराको निरन्तरतालाई यो पर्वको मौलिकतासँग जोडेर हेर्ने गरिएको छ । अन्न फलाउन सन्तुलित प्राकृतिक वातावरण आवश्यक पर्ने भएकोले यसलाई प्रकृतिसँग पनि जोडिएको हो । 

  • Related Posts

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

     गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजना अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड चैत्र १८ गतेदेखि बैशाख २ गतेसम्म १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । गोसाईकुण्ड गाउँपालिकाले सुचना प्रकाशित गर्दै सो सडक…

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    कम्बोडियामा अलपत्र परेका २१ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ । नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल ल्याइएको…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 29 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 27 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 15 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 24 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना