यस्तो छ फिल्म बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको अहिलेसम्मको कमाई

काठमाडौं । असोज १३ गते दशैँमा प्रदर्शनमा आएका तीन चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ ।  चलचित्र विकास बोर्डले तीनवटै फिल्मको असोज २३ गते रातिसम्मको ग्रस कमाई सार्वजनिक गरेको हो ।

एकै दिन रिलिज भएका तीन फिल्म मध्ये ‘बलिदान’ ले सबैभन्दा बढी ४ करोड ४२ लाख ग्रस कमाई गरेको छ । सन्तोष सेनको निर्देशनमा बनेको यस फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतको अभिनय रहेको छ ।

त्यस्तै अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ ले ३ करोड ९० लाख ग्रस कमाई गरेको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिबंश आचार्यसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतको अभिनय रहेको छ ।

त्यस्तै, अर्को फिल्म ‘माइतीघर’ ले २ करोड ८५ लाख ग्रस कमाई गरेको छ । मिलन तामाङले निर्देशन गरेको यस फिल्ममा केदार घिमिरे (माग्ने बुढा), उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायतको अभिनय रहेको छ ।

यसरी अहिलेसम्म तीन फिल्मले कुल ११ करोड १७ लाख ग्रस कमाइ गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    काठमाडौँ । नेप्सेमा आज सामान्य बढेको छ । मंगलबार नेप्से ३.२१ अंकले बढेर २५६५. १६ विन्दुमा पुगेर रोकिएको छ । आज ३२७ कम्पनिका ७९ लाख ४७ हजार ५८ कित्ता शेयर…

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । …

    पहिलो

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 21 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 28 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • November 11, 2025
    • 47 views
    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    • November 11, 2025
    • 56 views
    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    • November 11, 2025
    • 56 views
    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो

    • November 11, 2025
    • 49 views
    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो