यी हुन हमासले रिहा गरेका २० बन्धक

काठमाडौँ । हमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ । हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरेको हो ।

हमासले उत्तरी गाजाबाट ७ जना र १३ जनालाई दक्षिणी गाजाबाट अन्तर्राष्ट्रिय  रेडक्रस समितिलाई हस्तान्तरन गरेको हो ।  

पहिलो चरणमा उत्तरी गाजाबाट माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै हमासले दक्षिणी गाजाबाट छोडेका १३ बन्धकमा ३६ बर्षिय एल्काना बोहबोट, २१ बर्षिय रोम ब्रास्लाव्स्की, २१ बर्षिय निम्रोद कोहेन, ३५ बर्षिय डेभिड कुनियो, २८ बर्षिय एरियल कुनियो, २४ बर्षिय इभ्यातार डेभिड, ३७ बर्षिय म्याक्सिम हर्किन, ३९ बर्षिय इटान हर्न, २७ बर्षिय सेगेभ क्याल्फन, २३ बर्षिय बार कुपरस्टेन, २५ बर्षिय योसेफ-चैम ओहाना, ३२ बर्षिय अविनाथन वा र  २५ बर्षिय मतन जङ्गाउकर रहेका छन् ।

हमासले आफुहरुसँग भएका जीवित बन्धक सबै हस्तान्तरण गरेको जानकारी गराएको इजरायली मिडियाहरुले उल्लेख गरेका छन् । नेपाली युवा विपिन जोशी भने जीवित नभएको इजरायली सेनाले परिवारलाई जानकारी गराएको इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले जानकारी गराएका छन् । यद्यपी विपिन जोशीका परिवारले  विपिन फर्किनेमा आफुहरु आशावादी रहेको बताएका छन् । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलको राजधानी तेल अभिभ पुगेका छन् । उनले केहीबेरमा इजरायली संसदलाई सम्बोधन गर्दैछन् । त्यस्तै ट्रम्पले बन्धकका परिवारलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

  • Related Posts

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    काठमाडौं । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा चीनको सबैभन्दा उन्नत विमानवाहक जहाज फुजियानले सेवा दिन शुरु गरेको छ । फुजियान चीनको तेस्रो युद्धपोत हो, जसमा इलेक्ट्रोम्याग्नेटिक…

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 17 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 29 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट