युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने

अज्ञात (युक्रेन) । युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ । 

युक्रेनको अज्ञात स्थानमा भएको प्रदर्शनमा मोडल ‘ब्याड वन’ भनेर चिनिने धातुको कुकुर उसको अपरेटरले पठाएको आदेशअनुसार उभियो, झुक्यो, दौडियो र कुद्यो ।

यसका निर्माताहरूका अनुसार गुपचुप रहने र फुर्तिला यी कुकुरहरू रुसी आक्रमणलाई पछाडि धकेल्न जनशक्तिको अभाव भएको युक्रेनी सेनाका लागि अग्रपङ्क्तिमा अमूल्य सहयोगी बन्न सक्छन् ।

जमिनमा तल पत्ता लगाउन मुस्किल हुनाले रोबोट कुकुरले थर्मल इमेजिङ प्रयोग गरेर शत्रुका खाडलहरू वा युद्ध क्षेत्रमा भवनहरूभित्र निरीक्षण गर्न सक्छन् । 

“हामीसँग निगरानी सैनिक छन् जसलाई सर्वेक्षण मिसनमा पठाइन्छ, उनीहरू प्रायः धेरै उच्च प्रशिक्षित हुन्छन्, अत्यन्त अनुभवी मानिस सधैँ जोखिममा हुन्छन्”, सैन्य उपकरण उपलब्ध गराउने बेलायती कम्पनीमा काम गर्ने तथा आफूलाई ‘युरी’ बताउने अपरेटरले भने, “यी कुकुरहरूले सैनिकहरूका लागि जोखिमलाई सीमित गर्दछन् र परिचालन क्षमतालाई बढाउँछन्, यो कुकुरको प्रमुख कार्य हो ।”

‘ब्याड टु’ का रूपमा चिनिने अर्को उन्नत मोडललाई सुरक्षाका कारण देखाउन सकिएन । प्रदर्शनमा प्रयोग गरिएको उपकरणमा भएको बेट्रीले यसलाई दुई घण्टासम्म चलाउन सक्छ । 

बारुदी सुरुङ वा तात्कालिक विस्फोटक उपकरणहरू पत्ता लगाउन उपयोगी यी रोबोट कुकुरलाई सात किलोसम्मको गोला बारुद वा औषधिहरू युद्धको मैदानमा तातो स्थानहरूमा लैजान पनि प्रयोग गर्न सकिन्छ । 

“हामीले युक्रेनमा कति यस्ता कुकुरलाई तैनाथ गर्यौँ म भन्न सक्तिनँ”, युरीले भने, “तर यसले अपरेसनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ र सैनिकहरूको सुरक्षामा वृद्धि गर्नेछ ।”

उनका अनुसार यदि रोबोट कुकुर रुसीको हातमा पर्‍यो भने आपत्कालीन स्वीचले अपरेटरलाई यसका सबै तथ्याङ्क मेटाउन अनुमति दिनेछ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-