युद्ध अन्त्य गर्न चाहन्छ युक्रेन, ८० प्रतिशत जनता देश छाडिसके,५०प्रतिशत जमिन खन्डहर भैसक्यो

८० प्रतिशत जनता देश छाडिसके,५०प्रतिशत जमिन खन्डहर भैसक्यो

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने तयारीमा जुटेका छन्।

उनले रुससँगको युद्ध अन्त्यका लागि विश्वको बहुमतले समर्थन गर्नेगरी व्यापक योजना तयार गरिरहेको समाचार संस्था अल जजिराले जनाएको छ।

‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ’, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने।

राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा युक्रेन र रसियाबीच हाल कुनै वार्ता भएको पाइएको छैन।

युक्रेनले बारम्बार शान्तिवार्ता सुरु हुनअघि रुसले क्रिमियाको प्रायद्वीपसहित अन्य क्षेत्रबाट आफ्नो सेना फिर्ता लानुपर्ने माग राख्दै आएको छ। तर, फेबु्रअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गरेका छन्।

यस महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा प्रमुख अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गरेका थिए। जहाँ युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रुसलाई आमन्त्रित गरिएको थिएन।

यसअघि बिहीवार ब्रसेल्समा आयोजित युरोपेली सङ्घ (इयू) शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महिनाभित्र विस्तृत योजना प्रस्तुत गर्ने बताए। 

  • Related Posts

    आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

    डुम्रे (तनहुँ), ७ साउन : तनहुँको व्यास नगरपालिका–१ भादगाउँ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा प्रशिक्षक प्रशिक्षणसम्बन्धी प्रशिक्षण सुरु भएको छ । अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन…

    मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

    मोरङ, ७ साउन : नेपाल रेडक्रस सोसाइटी मोरङले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर बूढीगङ्गालाई दुई थान रबर बोटलगायतका उद्धार सामग्री हस्तान्तरण गरेको छ ।…

    पहिलो

    आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

    • July 22, 2024
    • 5 views
    आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

    पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

    • July 22, 2024
    • 6 views
    पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

    मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

    • July 22, 2024
    • 5 views
    मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

    पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

    • July 22, 2024
    • 6 views
    पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

    बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

    • July 22, 2024
    • 5 views
    बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 10 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै